भर्खरै

दोर्दी खोला जलविद्युत कम्पनीले आयोजनाबाट प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्ने

  • प्रकाशित मिति : सोम, बैशाख ५, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ५ बैशाख । लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले प्रभावित स्थानीयका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । 
 
दोर्दी खोला जलविद्युत कम्पनीले वैशाख १३ गतेदेखि लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउनेछन् ।
 
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा वैशाख २७ गतेसम्म र ढीलोमा जेठ ११ गतेसम्म आइपीओ खुला रहनेछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 
स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 43 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago