भर्खरै

स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति, अवरुद्ध सुरुङ मार्ग निर्माण सुचारु

  • प्रकाशित मिति : सोम, बैशाख ५, २०७९
  • - विद्युत संसार
title
काठमाडौँ, ५ वैशाख । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक साता देखि निर्माण कार्य ठप्प भएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम सुचारु भएको छ । स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको हो ।
 
जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको छ । पानीको समस्या तत्काल समाधानका लागि चन्द्रागिरि नगरपालिकाको संयोजकत्वमा ट्याङ्करबाट पानी वितरण गर्ने र दीर्घकालीन समाधानका लागि अहिलेको पम्पलाई अझ तल सारेर पानी उत्पादन क्षमता बढाउने र वडा नं. २ मा ‘डिप बोरिङ’ गर्ने तथा सोको सम्पूर्ण खर्च आयोजनाले बेहोर्ने सहमति भएको स्थानिय रामकाजी श्रेष्ठले बताए ।
 
सुरुङ क्षेत्रमा सिँचाइका लागि सिस्नेखोलाको पानीलाई लिफ्ट गरी माथि तानेर पानी उपलब्ध गराउन आवश्यक अध्ययन सुरु गरिने, स्थानीयवासीले सुरुङमाथि घर बनाउन पाउने तर ‘डिप बोरिङ’ जस्ता संरचना निर्माण गर्न नपाउने सहमति भएको छ ।
 
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, काठमाडौँका सुरक्षा निकायका प्रमुख, सुरुङ मार्ग आयोजनाका प्रमुख लगायतको सहभागितामा बैठक भएको थियो । 
 
उनका अनुसार सुरुङ मार्ग सञ्चालनमा आएपछि सुरुङ मार्गमा उठाइएको करबाट चन्द्रागिरि नपा वडा नं. २ लाई समेत केही भाग दिनुपर्ने स्थानीयवासीको मागको सम्बोधन अर्थ मन्त्रालयले गर्ने सहमति भएको हो । त्यसैगरी अबका दिनमा कुनै पनि बहानामा आयोजना स्थलमा हुलहुज्जत गर्ने, आक्रमण गर्ने कार्यमा संलग्न जोसुकैलाई पनि कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्ने सहमति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago