भर्खरै

बुढीगण्डकी जलविद्युत आयोजना पुनः स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय

  • प्रकाशित मिति : शुक्र, चैत २५, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २५ चैत । सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई नदिने निर्णय गरेको छ । सरकारले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्ताव अनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी आयोजनाबाट लगानीमै बनाउने निर्णय गरेको हो  ।
 
यसअघि ०७४ कात्तिकमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि बुढीगण्डकी आयोजना स्वदेशकै लगानीमा बनाउने निर्णय भएको थियो  तर देउवा सरकारको निर्णय उल्टाएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बूढीगण्डकी आयोजना चाइना गेजुवा ग्रुप कम्पनीलाई बनाउन दिने निर्णय भएको थियो । 
 
ऊर्जामन्त्री पम्फा भुसालले बूढीगण्डकी निर्माणको लागि छलफल गरिरहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे निर्णय लिन मंसिरमा नै तीन महिनाको ‘समयसीमा’ दिएकी थिइन् । गेजुवाले समय सीमाभित्रै यो विषयलाई टुंगोमा पु¥याउन चासो नदिएपछि मन्त्रालयले आयोजनामा चिनियाँ कम्पनीलाई नकुर्ने निष्कर्ष निकाल्दै प्रस्ताव मनित्रपरिषदमा लगेको थियो । 
अब आयोजना स्वदेशी लगानीमा सरकार आफैंले बनाउन  निर्णय भएको हो । अहिले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको एनईए इन्जिनियरिङ कम्पनी मार्फत आयोजनाको लागत अनुमान अद्यावधिक गरिरहेको छ ।
 
ऊर्जामन्त्री भुसालले प्रत्येक प्रदेशमा एउटा जलाशययुक्त आयोजना बनाउने योजना अनुसार बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने घोषणा नै गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago