भर्खरै

विद्युत संसार साप्ताहिक सातौं वर्षमा प्रवेश

  • प्रकाशित मिति : बिही, चैत १७, २०७८
  • - राम प्रसाद पौडेल
title
काठमाडौं चैत । नयाँ वर्ष २०७९ सालको पूर्वसन्ध्यामा विद्युत संसार साप्ताहिकले सातौं वर्षमा प्रवेश गरेको छ । साप्ताहिक रुपमा ऊर्जासँग सम्बन्धित भएर प्रकाशित हुने नेपालको पहिलो साप्ताहिक पत्रिका विद्युत संसार साप्ताहिक पत्रिका हो ।

पत्रिकाको सातौ वर्षगाठँको यात्रामा पाठक, वितरक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसलाका लागि हामी कृतज्ञ छाै । जसको फलस्वरुप डिजिटल युगमा साप्ताहिक पत्रिका सँगै अनलाइनमा पनि आफुलाई उभ्याउन सक्षम भएका छौं । विद्युत संसार साप्ताहिक सँगै अनलाइनमा धधध।दष्मजगतकबलकबच।अयm लगईन गरि ऊर्जासँग सम्बन्धित समाचार हेर्न र पढ्न सक्नुहुनेछ । 

पत्रकारीता राष्ट्रको चौथो अंगको रुप हो । पत्रकारीता कसैलाई खुसी पार्ने पेशा होइन । यो कसैसँग पूर्वाग्रह नरही निर्भय र निष्पक्ष रुपमा गरिन्छ । विद्युतीय क्षेत्रमा भएका विविध घटनाक्रमहरुलाई स्पस्टसँग प्रस्तुति दिने, भएका समस्यालाई समाधानको रुप दिन हाम्रो सम्पादकीय र विचारको स्तम्भले ठूलो भुमिका खेलेको छ । भरसकस ऊर्जा क्षेत्रलाई नै सम्बन्धित राखेर विभिन्न व्यक्ति विशेषसँगको अन्तरर्वार्ताले समेत हाम्रा पाठक, विज्ञापनदाता र सबै शुभचिन्तकको स्नेह र हौसला अझ बढेको छ । जुन हाम्रालागि अमुल्य हो । यसलाई हामीले आगामी दिनमा अझ निर्भीकताका साथ अझै वस्तुनिष्ठ रहि थप रिपोर्टिङबाट गुन तिर्ने बाचा हामी गर्दछौ ।  अहिले विश्व कोरोना महामारीमा रुमलिरहेको छ । यस महामारीले एक क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा ठूलो असर गरेको छ । कोरोना कहरका कारण, उद्योग धन्दा, व्यापार व्यवसाय सँगै कुनै प्रकारका सकारात्मक गति विधिहरु पुर्णरुपमा सञ्चालन हुन सकेनन् । त्यसकै चपेटामा हाम्रो अखबार पनि प¥र्यो । हाल भने संक्रमण दर घट्दै जाँदा पूर्ण शक्तिमा चलायमान बनाउन हामी लागि परेका छौ । 

यस्तो विषम परिस्थितिमा पनि हामीलाई अगाडी बढ्न हातेमालो गर्ने माया गर्ने साथ सहयोग, सुझाव दिने पाठकवृन्द, सहकर्मी पत्रकार साथीहरु, कर्मचारी, आम नागरिक, विज्ञापनदाता, उद्योगपति, व्यापारी वर्ग, साना तथा मझौला उद्योग देखि ठूला उद्योगघरानाहरु लगायत हामीसँग निरन्तर जोडिएर विशेष सल्लाह सुझाव तथा सहयोग प्रदान गर्ने विद्युतीय व्यवसायी महासंघ, जिल्ला संघ लगायतहरुलाई विशेष कृतज्ञाता व्यक्त गर्दछौ । 
 
प्रधानसम्पादकः राम प्रसाद पौडेल

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago