भर्खरै

देशको आर्थिक अवस्था उकास्न विद्युतीय उपकरण प्रयोग गरौँ : ऊर्जामन्त्री भुसाल

  • प्रकाशित मिति : आइत, फागुन २९, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २९ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको आर्थिक अवस्था उकास्न विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी छिन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रि भुसालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयात धान्न मुश्किल हुँदै गएकाले अब विद्युतीय उपकरण प्रयोग गर्न आह्वान गरेकी हुन ।
ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्ने नीतिअनुसार नै आफूले विद्युतको महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेकाले यसको तुलनामा आफ्नै देशमा उत्पादित विद्युत् खपत गर्न विद्युतीय उपकरण प्रयोग गर्न अपिल गरेकी हुन् । 
 
ठूला सहरमा भाडामा बसेर आफ्नो पेशा तथा व्यवसाय गर्नेले पनि अब सजिलै विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताउँदै मन्त्री भुसालले भनिन्, ‘घरबेटीको सहमतिमा डेरावालाले पनि छुट्टै विद्युत् मिटर राख्न सक्नेगरी मैले निर्णय गराएको छु । विद्युत् प्राधिकरणमा सम्पर्क गर्नु होला ।’
 
मन्त्री भुसालले देशमा विदेशी मुद्राको सञ्चितिलाई सन्तुलित राख्न र जलविद्युतको भरपूर उपभोग गरेर देशको आर्थिक अवस्था उकास्नका लागि सहयोग गर्न आग्रह गरिन् । उनले कृषिमा आत्मनिर्भर बनाउन सबै क्षेत्रमा सिँचाइको सुविधा पु¥याउन आफूले विशेष पहल गरेको उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago