भर्खरै

ठोस अभियानको अपरिर्हायता

  • प्रकाशित मिति : बिही, फागुन २६, २०७८
  • - विद्युत संसार
title

काठमाडौ, २६ फागुन । प्रायः महिनापिच्छे एउटा घटनाले नेपाललाई गिज्याई रहेको हुन्छ त्यो हो आगलागीको दुरदशा । ग्रामिण भेग तथा वन जङगलमा हुने आगलागी भन्दा शहरी क्षेत्रमा हुने आगलागीको घटनाले भयानक अवस्था निम्त्याइरहेको छ । अव्यवस्थित सहरीकरण र अव्यवस्थित जनजीवनले आगलागीका घटनाहरु बढाइरहेका हुन्छन् । 
 
प्रमुखत जनमानसमा सचेतनाको कमीका कारण पनि यस्ता घटना दिनहुँ बढ्दो छ । यता सरकार आगलागी न्यूनीकरणमा भन्दा पनि विपत पछि दिइने केही राहतलाई आफ्नो कर्तव्य निर्वाह गरेको भ्रममा छ । सरकारले आफ्नो कर्तव्य पूरा नगररिरहेको बेला नागरिकले पनि आफ्नो जनधनको सुरक्षाका लागि पर्याप्त ध्यान दिइरहेको पाइदैन । आगलागी सामान्यतया सुक्खा र गर्मी हुने मौसममा बढी हुन्छ अनि दुर्घटना, हेलचक्रयाईं, विद्युत् सर्ट र जानाजान कसैले लगाउने मूख्य कारण हुन् । रोकथाम उपचारभन्दा राम्रो हो भन्ने प्रचलित भनाइ आगलागी जस्ता अन्य विपतमा पनि लागू हुन्छ । अर्थात् आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपाय अपनाउनु महवपूर्ण हुन्छ ।
 
उदाहारणको लागि यही हप्ता तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मूख्यचोकमा लागेको आगोको विधम्सले राज्यलाई नै गिज्याइरहेको छ । नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउन नसक्दा सिम्रिक इयरको हेलिकप्टरले पानी झारेर आगो नियन्त्रणमा लिएको थियो । हार्डवेयरको गोदामबाट सुरु भएको आगलागी समयमा नै नियन्त्रण नहुदा नजिकका घरमा पनि ठूलो क्षति पु¥यायो । 
खाना बनाउँदा भान्सामा अनिवार्य बस्ने, घरमा कोही नभएको बेला आगो वा हिटर बालेर नहिँड्ने, सजिलै आगो निस्कने पदार्थलाई केटाकेटीको सहज पहुँचमा नराख्ने, मैनबत्ती र धुप बाल्दा विशेष सतर्क हुने, राम्रो गुणस्तरको विद्युतीय सामग्री मात्र प्रयोग गर्ने, बिजुलीबाट हुने गडबडी कम गर्न वायरिङ राम्ररी गर्ने, ग्याँस सिलिन्डर र मट्टीतेलजस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढगंले राख्ने, आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउने लगायतका उपाय अपनाएको खण्डमा आगलागीबाट हुने ठूलो जनधन न्यूनीकरण गर्न सकिन्छ ।  
 
सतर्कता र सावधानी गर्दागर्दै पनि आगलागी हुन सक्ने भएकाले आगो नियन्त्रण गर्ने उपाय र उक्त सूचना दिने प्रणालीमा ध्यान दिनुपर्छ । विकसित देशहरूमा फायर अलार्म सबै संरचनामा अनिवार्य रूपमा जडान गरिएको हुन्छ । आगलागीको कुरा गरिरहेकाले दमकल मात्र प्रभावकारी बनाउनुपर्ने होइन समग्रमा सबै नगरवासीको सुरक्षाका लागि व्यवस्थित शहरीकरणको आवश्यक छ । किनकि आगलागी जस्ता धेरै विपत्को एकीकृत सम्बोधन गर्न सरकारले ठोस कार्यनीति निर्माण गरि ठोस अभियान सञ्चालन गर्न आवश्यक छ ।

प्रतिक्रिया