भर्खरै

भाडा तिर्न अटेर गर्ने प्रदायक कम्पनीलाई प्राधिकरणको पुनः ताकेता

  • प्रकाशित मिति : सोम, फागुन २३, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौंं २३ फागुन । नेपाल विद्युत् प्राधिकरणले विद्युतका खम्बा प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकलाई सम्झौता, नवीकरण र बक्यौता भुक्तानीका लागि पुनः ताकेता गरेको छ । 
 
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज सूचना प्रकाशित गर्दै प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन–इन्टरनेट–केबल–टिभी सेवा सञ्चालन गरेका सेवा प्रदायक कम्पनीलाई बाँकी शुल्क तिर्न फेरि पुनः ताकेता गरेको हो ।
 
नियमानुसार सम्झौता नगर्ने सेवा प्रदायकले लाइन विस्तार गरेको पाइएमा लाइन विस्तारका सामग्री प्राधिकरणले लिन सक्ने र विद्युतीय संरचनामा जडान भएका अप्टिकल फाइवर तथा अन्य उपकरणहरु हटाइने र यसको जिम्मेवारी सेवा प्रदायक संस्था आफंै हुने चेतावनी प्राधिकरणले दिएको छ । सूचनामा नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तारको कार्य नगर्न आग्रह समेत गरेको छ । 
भाडा सम्बन्धि विषयले प्राधिकरण र सेवा प्रदायक संस्थाहरु बीच सहमति नमिल्दा दबाब स्वरुप लामो समयसम्म भाडा तिर्न अटेर गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीको तार प्राधिकरणले काटेको थियो । त्यसपश्चात् सेवाप्रदायकले भाडा तिर्ने गरी सम्झौता गरेपनि धेरै जसो सेवा प्रदायकले भाडा तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ ।
 
अधिकांश सेवा प्रदायकहरुले नियमानुसार पोलभाडा सम्झौता नगरी विद्युतीय संरचनाहरु प्रयोग गरिरहेको प्राधिकरणको भनाई छ । यस्ता सेवाप्रदायकलाई समयमै सम्झौता गर्न, नवीकरण वा हालसम्म बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्न प्राधिकरणले पुनः ताकेता गरेको हो ।
 
यता विद्युतको खम्बा भाडा समायोजन गर्न विद्युत् प्राधिकरणलाई दबाब दिन केबल र इन्टरनेट सेवा प्रदायक कम्पनी विभिन्न स्वरुपमा आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago