भर्खरै

माथिल्लो हेवाबाट परिक्षण उत्पादन सुरु, उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा थपिँदै

  • प्रकाशित मिति : सोम, फागुन १६, २०७८
  • - विद्युत संसार
title
काठमाडौं, १६ फागुन । सङ्खुवासभामा निर्माण सम्पन्न ८।५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाको विद्युत आइतबार देखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाको निर्माण सम्पन्न गरी आइतबारदेखि एउटा युनिटबाट उत्पादित एक मेगावाट विद्युत ३३ केभी लाइन मार्फत विद्युत कोशी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिएको छ । अर्को युनिटको विद्युत क्रमश राष्ट्रिय प्रसारण लाइनमा जोडिदै जाने कम्पनीको भनाइ छ ।
 
हाल आयोजनाले परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिएको छ । २ साता परीक्षणको चरण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु  गरिने कम्पनीले जनाएको छ ।
गत साउनमा नै सम्पन्न गर्ने तालिका रहेको आयोजना कोरोना भाइरसको असर र बर्खाको बाढीले पुर्याएको क्षतिका कारण विद्युत उत्पादन अवधि लम्बिएको कम्पनीले जनाएको छ । 
 
आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा १ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा नेपाल बैंक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ । माथिल्लो हेवामा लगानी गरेको समूहले नै यसअघि साढे ४ मेगावाटको हेवा आयोजना निर्माण सम्पन्न गरी प्रणालीमा जोडिसकेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago