भर्खरै

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको विद्युत हाइड्रोपावरमा मेसिनरी जडान हुदै

  • प्रकाशित मिति : बुध, फागुन ११, २०७८
  • - विद्युत संसार संवाददाता
title

भजनी ११ फागुन । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत निर्माण भइरहेको विद्युत हाइड्रोपावरमा मेसिनरी सामान जडान भइरहेको छ। चालू आर्थिक वर्षको असारसम्म विद्युत् उत्पादन गर्ने तयारीका साथ काम हुँदै आएको छ । 
 
सिँचाइ आयोजनाले पूर्वी कैलालीको टिकापुर, लम्कीचुहा र जानकी गाँउपालिका क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउन कृषि कार्यक्रम सञ्चालन गरिरहेको हो ।
 
राष्ट्रिय गौरवको सो आयोजनाले किसानलाई आत्मनिर्भर बनाउनका लागि कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ ।
 
 
यस आयोजनाको निर्माण आर्थिक वर्ष २०६५/६६ बाट सुरू भएको हो । यो आयोजना विश्व बैंकको अनुदान, नेपाल सरकारको संयुक्त लगानी र जनश्रमदानमा निर्माण भइरहेको छ । सिँचाइ आयोजना निर्माण सम्पन्न भएपछि यस क्षेत्रको करिब ३८ हजार हेक्टर भू–भागमा सिँचाइ सुविधा पुग्नेछ ।
तस्विर : रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 23 hours ago