भर्खरै

उदिपुर–मार्कीचोक– भरतपुरको प्रसारण लाइन निर्माण ५० प्रतिशत

  • प्रकाशित मिति : सोम, फागुन २, २०७८
  • - रासस
title
लमजुङ । मस्र्याङ्दी कोरिडोर अन्तर्गत निर्माणाधीन २२० केभी उदिपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ ।विविध कारणले यस आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा अझै ५० प्रतिशत निर्माण गर्न बाँकी रहेको आयोजनाका महाशाखा प्रमुख नारायण रेग्मीले बताए।
 
उनका अनुसार लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म यो प्रसारण लाइन पुग्नेछ । त्यसका लागि १९३ वटा टावर आवश्यक पर्ने उनको भनाइ थियो । यीमध्ये हालसम्म १८ टावर खडा भइसकेको छ भने ४५ टावरको जग तयार गर्ने कार्य भएको छ ।    
    
‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत् मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउनका लागि छ किलोमिटरसम्म यही प्रसारण लाइनको काम अघि बढिरहेको छ । उदिपुरदेखि मध्यमस्र्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ वटा टावर उठाइएकाले आजदेखि तार तान्ने कार्य भइरहेको महाशाखा प्रमुख रेग्मीले बताए।    
    
उनका अनुसार तार तान्ने काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ । छ किलोमिटर खण्डको निर्माण गत जेठभित्रै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोनाको महामारी रोकथामका लागि लगाइएका निषेधाज्ञालगायत विविध कारण निर्माण अवधि लम्बिएको बताइएको छ । छ किलोमिटर खण्डबाहेक लमजुङकै राइनास नगरपालिकास्थित धमिलिकुवा र आँबुखैरेनीदेखि भरतपुर खण्डमा पनि टावर निर्माणको काम भइरहेको छ।
 
पैँतालिस टावरको काममध्ये लमजुङतर्फ ३५ र तनहुँतर्फ १० टावर उठाउने काम भइरहेको छ। अठार वटा खडा भएको टावरमध्ये १७ उदिपुरदेखि मध्मस्र्याङ्दीसम्म र एक लमजुङकै फुलबारीमा खडा भएको छ। आयोजनाको तीन खण्डमा यतिबेला काम भइरहेको छ। त्यस्तै लमजुङ उदिपुर र भरतपुरमा गरी दुई वटा सवस्टेसन पनि निर्माण भइरहेको उक्त आयोजनाले जनाएको छ।    
    
दुईसय २० केभीको उक्त आयोजनाको निर्माणकार्य सन् २०१८ जनवरी १७ गतेदेखि अघि बढेको र तीन वर्षभित्रमा सबै काम सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसकेको डिभिजन प्रमुख रेग्मीको भनाइ थियो । उक्त सम्झौताअनुसार तीन वर्ष नाघेपछि थप गरिएको समयावधि पनि सकिन दुई तीन महिना मात्र बाँकी रहेकाले अझै निर्माण अवधि थपिने भएको छ । चिन्जा गुप्र चाइना कम्पनीले निर्माण गर्दै आएको छ । आयोजना सम्पन्न गर्नका लागि पौने तीन अर्ब रुपैँया लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago