भर्खरै

सरकारले बढायो पेट्रोल/डिजलको मूल्य, अब पेट्रोल १४२ रुपैयाँ कायम

  • प्रकाशित मिति : बुध, माघ १९, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १९ माघ,  । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु.३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको  छ ।
 
हिजो मंगलबार निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल १४२ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको जनाएको छ ।  
यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। यति हुँदा समेत प्रति महिना ४।५ अर्ब देखि ५ अर्ब ऋढ लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ । 
एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१.६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर  ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई  यथावत् नै राखिएको निगमले जनाएको छ । 
निगमले बढाएको मूल्य वृद्धिको यातायात व्यवसायी लगायत विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago