भर्खरै

बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने

  • प्रकाशित मिति : मंगल, माघ १८, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण ठाउँमा २ महिना विद्युत अवरुद्ध हुने भएको छ ।
 
झलारी–बेलौरी ३३ केभी लाइन जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएकोले माघ १८ गतेदेखि २ महिनासम्म बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको प्राधिकरणले जनाएको छ ।
 
लाइन पुरानो र जीर्ण हुँदै गएकाले सेवाग्राहीलाई गुणस्तरीय, भरपर्दो सेवा प्रवाहको सुनिश्चितताका लागि विद्युत लाइन अपग्रेड गर्न विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ । ग्राहकको संख्या उल्लेख रुपमा बढ्दा लोडसमेत बढेकाले लाइन अपग्रेड गर्न लागेको र ‘गर्मीको समयमा उत्पन्न हुने परिस्थितिलाई मध्यनजर गर्दै लाइन अपग्रेड गर्न लागिएको केन्द्रको जारी सूचनामा उल्लेख छ।’
 
झलारी–बेलौरी ३३ केभी लाइन अन्तर्गत लालझाडी गाउँपालिकाका साथै बेलौरी र पुर्नवास नगरपालिका पर्छन् । दुई वटै नगरपालिकाका सम्पूर्ण वडा र लालझाडी गाउँपालिकाको वडा नम्बर १ र २ मा विद्युत अवरुद्ध हुने भएको छ ।

प्रतिक्रिया