भर्खरै

ताराखोलाको बिजुली उत्पादनको दुई वर्षपछि राष्ट्रिय प्रसारण लाइनमा जोडियो

  • प्रकाशित मिति : बुध, माघ १२, २०७८
  • - विद्युत संसार संवाददाता
title

गलकोट, माघ । ताराखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन भएको दुई वर्षपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फत गत माघ ११ गतेदेखि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
 
 २८० किलोवाट क्षमताको सो आयोजनाबाट दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आएपनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको प्राधिकरणले जनाएको छ  । 
 
ताराखोला जलविद्युत् लिमिटेडका अध्यक्ष हिमाल विकले दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइरहेको र उत्पादनको आधा विद्युतसमेत गाउँमा खपत नभएर खेर गएको जानकारी दिए । गाउँमा जम्मा एक हजार ३०० घरमा विद्युतीकरण गरिएको उनको भनाई छ । 
उनले भने, “अहिले नेपाल विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता (नेट मिटरिङ पिपिए) गरेका छौँ । 
उत्पादन भएर खेर गइरहेको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि जलविद्युत् आयोजना फाइदामा जाने भएको छ ।
 
प्राधिकरणअन्तर्गत गलकोटको हरिचौर सबस्टेसन मार्फ ताराखोलाको अर्गलमा वितरण गरिएको प्रसारण लाइनमा सो आयोजनाले उत्पादन गरेको विद्युत् जोडिएको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनिले जानकारी जानकारी दिए । उनका अनुसार राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्राधिकरणले दिएको अनुमतिअनुसार  आयोजनालाई राष्ट्रिय प्रसारण आयोजनाको ११ केभिए प्रसारण लाइनमा जोडिएको छ ।
 
सो आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खपत गर्ने र आयोजनाले कम उत्पादन गर्दा प्राधिकरणको विद्युत् आयोजनामार्फत वितरण गर्ने गरी सम्झौता भएको छ ।  केन्द्र प्रमुख मरासिनीका अनुसार छ महिना (मङ्सिरदेखि वैशाख) सम्म प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र  अर्को छ महिना (जेठदेखि कात्तिक) सम्म प्रतियुनिट चार रुपैया ८० पैसामा खरिदबिक्री गर्ने सम्झौता भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago