भर्खरै

जानकी केबुललाई पुनः उत्पादनको अनुमति

  • प्रकाशित मिति : मंगल, माघ ११, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ, माघ ।  नेपाल गुणस्तर तथा नापतौल विभागले जानकी केबुल इण्डष्ट्रिज प्रा.लि लाई आफ्नो उत्पादन तथा बिक्रि वितरण गर्ने पुनः अनुमति दिइएको छ । गुणस्तर विभागले तोकिएको गुणस्तर भन्दा कम गुणस्तरका गुणस्तरहीन सामग्रीहरु उत्पादन गरेको भन्दै गत मंसिर १ गतेदेखि गरिएको रोक्कालाई उत्पादन तथा बिक्रि वितरणमा पुनः अनुमति दिइएको हो । 
हाल विभागको स्थलगत निरिक्षण प्रतिवेदनका साथै उद्योगबाट संकलित पिभीसी मल्टिस्ट्रयाण्ड केबुलको नमुना परिक्षणबाट नेपाल गुणस्तर ३४४ अनुरुप पाइएकोले उत्पादन तथा बिक्रि विरणका लागि अनुमति दिइएको नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृत देवेन्द्र केसीले जानकारी दिए । अधिकृत केसीका अनुसार जानकी केबुल उद्योगबाट उत्पादन भएका पीभिसी मल्टिस्ट्रयाण्ड केबुलको ०.७५ एमएम स्क्वायर र १ एमएम स्क्वायरका केबुलहरु तोकिएको गुणस्तर बमोजिम रहेको र कारर्वाहीमा परेका केही अन्य उद्योगहरुलाई पनि फुकुवा गरी बिक्रि वितरण गर्ने अनुमति दिईसकेको उनको भनाई छ । 
 
जानकी केबुल इण्डष्ट्रिज प्रा.लि.का नेशनल सेल्स म्यानेजर रागवेन्द्र ठाकुरले विभागले केबुलको नमुना परिक्षण गर्दा नेपाल गुणस्तर ३४४ अनुरुप नपाइएको भन्दै कारवाही गरेको प्रति गुनासो पोखेका छन् । विभागको प्राविधिक कमजोरीका कारण परिक्षण गरेको केबुल पहिले गुणस्तरहिन भएको र पछि सोही ब्याजको केबुल पुन परिक्षण गर्दा नेपाल गुणस्तरले तोकिएको गुणस्तर नै पाइयो, जसकारण सर्वसाधारणमा हाम्रो संस्थाप्रति नकारात्मक सन्देश गयो, उनले भने ।  
 
मंसिर १ गते विभागले पाँच वटा उद्योगहरुलाई कारवाही गरेको थियो । विभागले कारवाहीको दायरामा जानकी केबुल प्रा.लि. धनुषा, मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रुपन्देही, र ग्यास वान नेपाल प्रा.लि. बारालाई कारवाही गरेको थियो । विभागले प्रा.लि.को उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले बिक्री/वितरण रोक्का गरी १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago