भर्खरै

साप्सु खोलाको ६.६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

  • प्रकाशित मिति : बिही, माघ ६, २०७८
  • -
title
खोटाङ, माघ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा निर्माण भएको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 
थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको ६ दशमलव ६ मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको ३३ केभी जलजले–बुइपा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
कम्पनीले करिब १ अर्ब ५० करोड रुपैयाँ लागतमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत् आयोजनाको काम पूरा गरेको हो । आयोजनाको काम सम्पन्न भएसँगै गएको १४ मंसिरदेखि परीक्षण उत्पादन सुरु गरिएको थ्री स्टार हाइड्रो पावर कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए । 
 
आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपुँजी लगानी रहेको छ । राजापानीको बेलडाँडामा रहेको पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । वर्षायाममा ६ दशमलव ६ मेगावाट विद्युत् उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमतामा ह्रास आउने भएकाले हिउँदमा पिकआवरमा पूर्णक्षमताकै विद्युत् आपूर्तिका लागि रिजर्भर निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago