भर्खरै

गण्डकी प्रदेशको सबै स्थानमा विद्युतीकरण सम्पन्न हुँदै

  • प्रकाशित मिति : बुध, माघ ५, २०७८
  • - भीमलाल श्रेष्ठ
title
पोखरा, माघ । गण्डकी प्रदेशको सबै स्थानमा यही आर्थिक वर्षमा विद्युतीकरण सम्पन्न हुने भएको छ ।
 
प्रदेश सरकारले ‘उज्यालो गण्डकी प्रदेश’ अभियान अन्तर्गत गण्डकी प्रदेशको विद्युतीकरण हुन बाँकी रहेको स्थानमा यहि आर्थिक वर्षमा विद्युतीकरण सम्पन्न गर्न दोस्रो सम्झौता भएको छ । प्रदेशका सबै स्थानमा विद्युतीकरण गर्न गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र विद्युत प्राधिकरण प्रादेशिक कार्यालय बीच सोमबार दोस्रो संशोधनपत्रमा हस्ताक्षर भएको हो ।
 
सम्झौतापत्रमा गण्डकी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तर्फबाट मन्त्रालयका सचिव ईन्जिनियर राम कुमार श्रेष्ठ र विद्युत प्राधिकरण प्रादेशिक कार्यालयको तर्फबाट केदारराज सिलवालले हस्ताक्षर गरेका छन् ।  
 
ईन्जिनियर राम कुमार श्रेष्ठले विद्युत संसार सँगको कुराकानीमा सरकारले केन्द्रलाई आर्थिक सहयोग गर्ने र यसको कार्यन्वयन विद्युत प्राधिकणले गर्ने गरि सम्झौता भएको बताए । पहिलो सम्झौतापत्र प्रदेशका प्रायः जिल्लामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको र हाल भएको दोस्रो सम्झौतापत्रले विशेषगरी विद्युत नपुगेको नवलपुरको बैदीकाली, बुलिङटार र हुप्सेकोटका स्थानीयमा योगदान पुग्ने ईन्जिनियर श्रेष्ठले बताए ।
 
विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका सहायक प्रबन्धक मेघनाथ भटट्राईले आव २०७६÷०७७ मा बैशाख ०८ मा घोषणा गरिएको उज्यालो गण्डकी प्रदेश कार्यक्रम अन्तर्गत विद्युतीकरण गर्न बाँकी स्थानहरुमा विद्युतीकरण गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रदेश सरकारबाट रकम विनियोजन गरी प्राधिकरणले विद्युत विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको बताए । भटट्राईका अनुसार कार्यक्रम घोषणा भए पश्चात् कोभिडका कारण सम्पन्न नभएका कामहरु आव २०७८÷०७९ मा सम्पन्न गर्ने लक्ष्यका साथ सोमबार दोस्रो संशोधनपत्रमा हस्ताक्षर भएको हो । 
 
प्रदेश सरकारको मातहतमा नै आवश्यक थप रकम उपलब्ध गराई वितरण के्रन्द्रहरुले नै विद्युत विस्तार गर्ने योजनासहित काम गर्ने प्रबन्धक भटट्राईले विद्युत संसारलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago