भर्खरै

तमोर खोला–५ परियोजनाको काम अगाडि बढ्यो

  • प्रकाशित मिति : मंगल, माघ ४, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । प्रदेश नम्बर १ को ताप्लेजुङमा रिभर साइड हाइड्रो इनर्जी प्रालिले निर्माण गर्ने ३७.५ मेगावाटको तमोर खोला–५ जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढेको छ । 
 
फुत्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ मा रहने आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम गत जेठमा सकेर मंगलबारबाट त्यसमाथि स्थानीयको धारणा बुझ्न थालेको हो ।
 
विभागले अनुमति प्रदान गरे लगतै आयोजनाको काम सुरु गरिने कम्पनीले जनाएको छ । आयोजनाबाट त्यहाँ बसोबास गर्ने कुल २६ जनाको जम्मा ६ घरधुरी मात्र प्रभावित हुने छन् । परियोजना निर्माण अवधिमा ३०० जनाले रोजगारी पाउने छन् । आयोजनाको संरचना खोलामा दायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । बाँध क्षेत्रबाट करिब १ हजार ७ सय ८४ मिटर लामो सुरुङमार्फत विद्युत गृहमा पानी पुर्याइनेछ ।
 
विद्युत गृहमा जडान हुने ३ वटा टर्वाइन मार्फत विद्युत उत्पादन गरिनेछ ।  उत्पादित विद्युत २६ किलोमिटर दुरीमा रहेको १३२ केभी प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको ढुङगेसाँघु सबस्टेसनमा जोडिनेछ । यो आयोजना पूरा भएपछि वार्षिक २१९.६१३ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । वर्खायाममा १५४.६७४ गिगावाट घण्टा र सुख्खा याममा ६४.९३९ गिागावाट घण्टा विद्युत उत्पादन हुनेछ ।
 
आयोजना पूरा गर्न ५ अर्ब ४९ करोड ९२ रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना निर्माण सुरु भएको साढे ४ वर्षमा विद्युत उत्पादन सुरु हुने छ । वि.स २०८० सालभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago