भर्खरै

प्राधिकरणका सब–स्टेशन प्रमुख घुससहित रंगेहात पक्राउ

  • प्रकाशित मिति : शुक्र, पौष ३०, २०७८
  • - Admin
title

काठमाडौं, पुस । बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस माग्ने नेपाल विद्युत् प्राधिकरणका सब–स्टेसन प्रमुख रंगेहात पक्राउ परेका छन् । 
 
पक्राउ पर्नेमा काठमाडौँ ग्रिड महाशाखा सब–स्टेसन पाटन ललितपुरमा कार्यरत सब–स्टेसन प्रमुख सुपरभाइजर सोम प्रसाद पहाडी सेवाग्राहीसँग १ लाख ४० हजार घुस सहित पक्राउ परेका हुन् । 
 
नेपाल बिद्युत् प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पहाडीलाई सेवाग्राहीबाट रुपैयाँ लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ । प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया