भर्खरै

साझाले ललितपुरको भित्री शहरमा साना बिजुली बस चलाउने

  • प्रकाशित मिति : बिही, पौष २९, २०७८
  • - Admin
title
२९ पुस, काठमाडौं । साझा यातायातले ललितपुरको भित्री शहरमा साना विद्युतीय बस चलाउने भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले ४ वटा साझा बस किन्न ठेक्का सम्झौता गरेको छ ।
इको भिजनरी कम्पनीसँग एक करोडभन्दा बढी मूल्यमा ४ वटा बस किन्न ठेक्का सम्झौता भएको हो । साझा यातायातका सञ्चालक भुषण तुलाधारका अनुसार ललितपुरको भित्री शहरी क्षेत्रमा सार्वजनिक यातायातको पहुँच पु¥याउन यस्तो कदम चालिएको उनले बताए ।
 
‘भित्री शहरबाट बाहिर जानुपर्दा स्थानीयलाई सास्ती छ, त्यो समस्या समाधान गर्ने गरी भित्री शहरसम्मै साना बस चलाउन खोजेका हौं,’ उनले भने, ‘महानगरपालिकाले नै यसको लागि पहल लिएको हो, यो सेवा शुरु भएपछि भित्री शहरमा आउनु–जानुपर्दा निजी सवारीको भर पर्नुपर्ने छैन ।’
 
ललितपुरको मंगलबजार, बंगलामुखी लगायतका क्षेत्रमा विद्युतीय बसले सेवा दिनेछन् । बसमा चढ्ने विदेशी पर्यटकलाई भाडा नलिने व्यवस्था गरिने तुलाधरले बताए । त्यसैगरी ललितपुरका स्थानीय वृद्धवृद्धालाई पनि निःशुल्क सेवा दिने उद्देश्य रहेको उनको भनाइ छ ।
 
‘अहिले पाटन दरबार क्षेत्रमा आउने पर्यटक त्यहीँबाट फर्किन्छन्, इच्छुक पर्यटकलाई ललितपुरको भित्री शहरको जनजीवनको अवलोकन गर्न प्रोत्त्साहित गर्ने र भित्री शहरसम्म पर्यटन प्रवर्द्धन गर्न यी बसले सघाउनेछ,’ तुलाधर भन्छन् । अझ सबैलाई भित्री शहरबाट चक्रपथ वा मूल सडक र बजारसम्म आउन–जान हुने सास्ती पनि कम हुने साझाले बताएको छ । अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago