सावधानी अपनाऔँ ।

  • प्रकाशित मिति : बुध, पौष २८, २०७८
  • -
title

विश्वभर फैलिरहेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका कारण नेपालमा पनि कोरोना संक्रमितको संख्यामा व्यापक वृद्धि भइरहेको छ । पछिल्ला दिनमा जुन दरमा संक्रमितहरू बढेका छन्, यसलाई तेस्रो लहरका रूपमा लिन सकिने विज्ञहरू बताउँछन् । ओमिक्रोन कोरोना संक्रमण फैलन थालेसँगै जनमानसमा त्रास देखिन थालेको छ । भारतमा अमिक्रोन भेरियन्ट विस्तारै फैलिएको छ ।

विगतमा पहिलो तथा दोस्रो लहरमा पनि भारत हुँदै नेपालमा कोरोना भाइरस प्रवेश गरेको थियो । छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो वेभ तीव्र गतिमा फैलिरहेको सन्दर्भ र नेपालसँगको खुला सीमानाका कारण पनि नेपाल उच्च जोखिममा रहेको भनिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा पछिल्लो पटक कोरोना देखिएकामध्ये २२ प्रतिशत ओमिक्रोनबाट संक्रमित छन् । पुस महिनामा १ हजार १ सय ४६ पोजेटिभ संक्रमितबाट २२ प्रतिशतमा एसजेन नेगेटिभ भेटिएको थियो । यसरी एसजेन नेगटिभ पाइएकामध्ये २४ जनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन पुष्टि भएको थियो । यसरी हेर्दा नेपालमा पनि ओमिक्रोन भाइरस बिजुली गतिमा फैलिरहेको छ । नेपालमा पछिल्लोपटक नयाँ वर्ष र क्रिसमसका बेला भएका रमझम र भेटघाटपछि कोरोना संक्रमण विस्तार भएको देखिन्छ । तथ्यांकले पनि अंग्रेजी नयाँ वर्षलगत्तै कोरोना भाइरस संक्रमित संख्या उकालो लागेको देखाएको छ ।

संक्रमण बढेकै कारण ओमिक्रोन भेरियन्ट संक्रमण समेत पुष्टि भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षा तथा बचावटको विषयलाई ध्यान दिदै कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रालयले माघ १५ गतेसम्म देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

खोपको पहुँच नभएकाहरुका मुलुकमा ओमिक्रोनको संक्रमण फैलिएको छ । तसर्थ नेपालमा पनि ‘तत्काल सबै नागरिकसम्म खोपको पहुँच पु¥याउनुपर्छ, नत्र तेस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइसर संक्रमणले ठुलो जोखिम निम्त्याउँदछ ।
अर्कोतफ कोरोना भाइरसलाई सामान्य रुपमा लिने मानिसहरुको गलत बुझाईका कारण सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड पनि पालना नगर्दा हाल घनाबस्ती भएका ठाँउहरुमै तीव्ररुपमा संक्रमण फैलिरहेको छ ।

आफ्ना परिवारलाई बचाउने वा मृत्युसम्म पु¥याउने हाम्रै हातमा रहेको छ यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हामीले कुनै आनकानी गर्नु हुँदैन । हामी आम नागरिकको हेलचेक्रर्याइले देश पून तेस्रो भेरियन्ट कोरोना महामारीको दलदलमा फसिरहेको छ । संक्रमण बढेसँगै पुन स्मार्ट लकडाउन लागु गर्ने तयारीमा सरकार रहेको छ । त्यसैले हामी सर्वसाधारण पनि स्वास्थ्य सतर्कता अपनाऔं आफुलाई संक्रमणबाट बचाई राज्यलाई कोरोनाबाट विजय गराउन सहयोग गरौं ।

प्रतिक्रिया