भर्खरै

अन्तरदेशीय बिजुली व्यापारमा निजी क्षेत्रलाई अनुमति दिने तयारी

  • प्रकाशित मिति : सोम, पौष २६, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, पुस ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छिन् ।  
 
राजधानीमा आज आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपान, नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडको संयुक्त रुपमा आयोजना गरेको पावर मार्केट समिट २०२२ मा मन्त्री भुसालले अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पु¥याउनका लागि सरकारले निजी क्षेत्रलाई त्यसको अनुमति दिने तयारी गरिरहेको बताएकी हुन् । 
 
कार्यक्रमको सम्बोधन गर्दै मन्त्री भुसालले दुई साताअघि सरकारले नेपाल विद्युत् व्यापार कम्पनीलाई अन्तरदेशीय बिजुली व्यापारका लागि अनुमति दिइसकेको पनि मन्त्री भुसालले बताइन् । निजी क्षेत्रलाई बिजुली व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधिको खाका तयार गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायसँग पनि छलफल गरिने उल्लेख गरिन् । मन्त्रालय अन्तरदेशीय बिजुली व्यापारमा सहयोग पुगोस् भनेर निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि अनुमति दिने तयारीमा रहेको र बिजुली व्यापारमा सरकारी र निजी क्षेत्रको निरन्तर पहलकदमीबाट हामीले सफलता प्राप्त गर्नेछौँ भन्ने मैले विश्वास लिएको उनको भनाई छ । 
 
अहिले सरकारको पहिलो प्राथमिकता बिजुली खपतलाई बढाउँदै लैजाने रहेकोले देशको चौतर्फी विकासका लागि बिजुलीको उत्पादन र खपत बढाउनुपर्नेमा उनले जोड दिइन् । देशको प्रतिव्यक्ति बिजुली खपत न्यून रहेकाले कम्तीमा त्यसलाई सात सय युनिट पु¥याउनुपर्ने मन्त्री भुसालले बताइन् । बिजुलीको उत्पादन र खपतलाई प्राथमिकतामा राखेर  आन्तरिक बिजुली खपत झन्डै पाँच हजार मेगावाट पु¥याउनुपर्दछ । अहिले हाम्रो पिक आवरको बिजुली झन्डै १६ सय ५० मेगावाट रहेको छ, यसलाई बढाएर २ हजार मेगावाट पु¥याउनुपर्दछ । 
बिजुली खपतलाई बढाउनका लागि सरकारले विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारे ।

प्रतिक्रिया