भर्खरै

नेशनल हाइड्रो पावरले सुनकोशी हाइड्रोपावर गाभ्ने, सेयरधनीलाई २० प्रतिशतसम्म बोनस

  • प्रकाशित मिति : आइत, पौष २५, २०७८
  • -
title

काठमाडौं, पुस । नेशनल हाइड्रो पावर कम्पनी (एनएचपीसी) ले सुनकोशी हाइड्रोपवार लिमिटेडलाई गाभ्ने (एक्वाएर) भएको छ । 
 
सुनकोशी हाइड्रो पावर लिमिटेडमा एनएचपीसीकै बढी शेयर स्वामित्व छ, त्यसलाई अहिले आएर एनएचपीसीले मर्ज गर्न लागेको हो ।
 
एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले सुनकोशी हाइड्रोपावर लिमिटेडलाई गाभ्न आवश्यक प्रक्रिया अगाडि बढाएको बताए । यसका लागि दुवै कम्पनीले मर्जर कमिटी पनि बनाएको उनको भनाइ छ । उक्त कम्पनीमा एनएचपीसीको ९७ प्रतिशतभन्दा बढी शेयर स्वामित्व छ ।
यसअघि साढे ४ मेगावाटको तल्लो इन्द्रावती बनाउनका लागि उक्त कम्पनी स्थापना गरिएको थियो । तर, बीचमा प्राविधिक समस्याकाका कारण त्यस आयोजनाको लाइसेन्स खोसिएको थियो । अहिले त्यो आयोजनाको लाइसेन्स एनएचपीसीले पाइसकेको छ । अहिले सुनकोशीसँग कुनै पनि आयोजनाको लाइसेन्स छैन । त्यसैले त्यसलाई एनएचपपीसीमा नै गाभ्न लागिएको पाण्डेको भनाइ छ । ‘अहिले सुनकोशीसँग कुनै पनि आयोजना छैन । कम्पनी रहनु नरहनुको नै अर्थ थिएन । त्यसैले त्यसलाई एनएचपीसीमै गाभ्न लागेका हौं,’ उनले भने, ‘यसले प्रशासनिक खर्च कम हुने अपेक्षा छ ।’ 
 
माघ मसान्तभित्र मर्जर प्रक्रिया पुरा हुने उनको भनाइ छ । ‘अब आन्तरिक तयारी पूरा भएपछि साधारणसभा गरेर गाभ्ने प्रक्रिया टुङ्गोमा पु¥याउछौं,’ उनले बताए ।
 
कम्पनीले सुनकोशी हाइड्रोमा यसअघि गरेको लगानी रकम ६१ करोड ७२ लाख रुपैयाँ राइट ब्याक पनि भइसकेको छ । त्यो रकम कम्पनीले बोनस शेयरको रूपमा शेयरधनीलाई वितरण गर्दै छ । आउँदो साधारण सभाबाट शेयरधनीलाई २० प्रतिशतसम्म बोनस शेयर दिइने पाण्डेले बताए ।
 
तल्लो इन्द्रावतीको लाइसेन्स खोसिएपछि कम्पनीले त्यहाँ गरेको लगानी डुब्ने अवस्थामा पुगेको थियो । कम्पनीले सो बराबरको रकम नै प्रोभिजनिङ गरेको थियो । अहिले एनएचपीसीले उक्त आयोजनाको लाइसेन्स पाएपछि सो रकम राइट ब्याक भएको हो । अहिले कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ३९ करोडभन्दा बढी छ ।

प्रतिक्रिया