भर्खरै

अरुणभ्यालीको १५ लाख ७२ हजार बोनस शेयर नेप्सेमा सूचीकृत

  • प्रकाशित मिति : मंगल, पौष २०, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, पुस । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको १५ लाख ७२ हजार ३५९ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । 
 
कम्पनीले मंगलबार १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । 
 
कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि असोज ११ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम शेयरधनीहरुले मात्र यो बोनस शेयर प्राप्त गर्नेछन् । कम्पनीले १० प्रतिशत बोनस शेयर पश्चात ५० प्रतिशत हकप्रद शेयर विक्रीको प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ । हकप्रद शेयर भने विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र निष्कासनमा आउनेछ ।

प्रतिक्रिया