भर्खरै

प्राधिकरणको विद्युत चुहावट १७.१८ प्रतिशतबाट १४.३५ प्रतिशतमा झर्यो

  • प्रकाशित मिति : आइत, पौष ११, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ, पुस । पछिल्लो चार महिननामा नेपाल विद्युत् प्राधिकरणले विद्युत चुहावटलाई घटाएको छ । 
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको १७.१८ प्रतिशत रहेको विद्युत् चुहावटलाई २.८३ प्रतिशत बिन्दुले घटाएर १४.३५ प्रतिशतमा झारेको हो ।
 
प्राधिकरणको प्रणाली हुने विविध किसिमको प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट विद्युत चुहावट घटाउन सफल भएको छ । 
प्राधिकरणको कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको रहेको र गएको वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो । गएको आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आ.व को पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले प्राधिकरणको चालु आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य पूरा हुने देखिएको बताए । उनले भने प्राधिकरणबाट चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियान प्रभावकारी रुपमा चलेको,  सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कामहरुका कारण चुहावट घटाउन सकिएको उनको भनाई छ ।  
 
 
उद्योग तथा कलकारखानाहरुमा माग अनुसार विद्युत आपूर्ति दिने र ‘गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको घिसङले जानकारी दिए । 
आव २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावट आव २०७६/७७ सम्ममा १५.२५ प्रतिशतमा झारेको थियो । तर, आव २०७७/७८मा चुहावट १.९१ प्रतिशत बिन्दुले बढेर १७.१८ प्रतिशत पुगेको थियो । 
 
चिसो मौसममा उपत्यकाभित्र र तातो मौसममा तराई क्षेत्रमा चुहावट बढ्ने उल्लेख गर्दै घिसिङले प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि देशभर चालिएको अभियानलाई अझै सशक्त र प्रभावकारी बनाएर चालु आवको लक्ष्य हासिल गरिने बताए । 

प्रतिक्रिया