भर्खरै

संघद्धारा सशुल्क रकममा वयोधा अस्पतालमा व्यवसायीहरुको सम्पूर्ण शरीर जाँच कार्यक्रम संचालन हुदै

  • प्रकाशित मिति : आइत, पौष ४, २०७८
  • - विद्युत संसार संवाददाता
title
 विद्युत संसार, पुस काठमाण्डौं ।  काठमाडौं विद्युतीय व्यवसायी संघले सदस्यहरुको लागि वयोधा अस्पताल, बल्खु काठमाडौंमा हिजो शनिबार देखि आयोजना गरेको सम्पूर्ण शरीर जाँच कार्यक्रमको समुद्घाटन नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष एवं  काठमाडौं विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष  रेशम प्रसाद देवकोटा बाट रिवन काटेर उद्घाटन गरिएको संघको सचिवालय बाट प्रेसित सुचनामा जनाईएको छ ।
 उक्त कार्यक्रममा एक दिनमा अधिकतम २५ जना सदस्यहरु सहभागी हुन पाउने भएता पनि संथापक अध्यक्षज्यू लगाएत २७ जना सदस्यहरु सहभागी भएको थियो । 
सदस्यहरुको मागलाई मध्येनजर गर्दै उक्त जाँच कार्यक्रमलाई आगामी हप्ता शनिवार पनि निरन्तरता दिने सचिवालयले जनाएको छ ।
 
महिलाको लागि रु.९,५००। र पुरुषको लागि रु.९,०००। शुल्कमा सम्पूर्ण शरीर जाँच कार्यक्रमा सहभागीहुन इच्छुक सदस्यज्यूहरुले यथाशिध्र आफ्नो नाम सचिवालयमा दर्ता गरि समय लिनुहुन समेत सुचनामा  अनुरोध गरेको छ ।
 
  नेपाल विद्युतीय व्यवसायी महासंघ आवद्ध २२ जिल्ला संघहरुमध्ये सदस्य संख्याको हिसाबले काठमाण्डौं विद्युतीय व्यवसायी संघ ठुलो जिल्लाको रुपमा चिनिएको संघ हो । यस संघले व्यवसायीहरुको हकहितको लागि विभिन्न सेमिनार गोष्ठी संचालन गर्दै व्यवसायीहरुको प्रत्यक्ष मन जित्दै आएको छ । 
 
 काठमाण्डौं विद्युतीय व्यवसायी संघले महासंघको भवन निर्माणमा साख जोगाउन सकिएला त ?
 
महासंघको निकट भविष्यमा निर्माणाधिन हुन लागेको भवनको लागि आर्थिक संकलन कार्यमा काठमाण्डौं विद्युतीय व्यवसायी संघले ठूलो जिल्लको उपाधि कायम गरिराख्न सक्ला त ?भन्ने कुराले बजारमा तताएको छ ।  संघले आफ्नो गरिमा कायम राख्न सक्छकी सक्दैन संघका अध्यक्ष लगायतका कार्यसमितिको चुनौतीको विषय रहेको सरोकार व्यवसायीहरुले बताएको छ ।
संघको अब आउने साधारण सभामा रणनितीक तवरले अगाडि बढ्नु पर्ने देखिन्छ ।  महासंको भवनको लागि काठमाण्डौं बाहिरका जिल्लाहरु पोखराको व्यवसायीहरुद्धारा सहयोग रकम सार्वजानीक गर्न होडबाजी शुरु भई पहिलो किस्ता बापतको भुक्तानी लिन महासंघको भवन निर्माण संयोजक लगायत महासंघका पदाधिकारी दोैडमा लागेको महासंघ सचिवालयद्धारा प्रेसित सुचनामा जनाइएको छ । जे होस काठमाण्डौं विद्युतीय व्यवसायी संघले आफ्नो स्थान सुुरक्षित राख्न सकोस अग्रिम शुभकामना । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago