भर्खरै

नाडाको अध्यक्षमा करण चौधरीलाई ६६ मतले पछि पार्दै ध्रुव थापा निर्वाचित

  • प्रकाशित मिति : शुक्र, मंसिर २४, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २४ मंसिर । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन्। अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापाले १४ सय १३ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । 
 
फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाए । 
 
कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छन् । चौधरी प्यानलका १२ जना विजयी भएका छन् त्यस्तै थापा प्यानलबाट ५ जना निर्वाचित भएका छन् ।
 
चौधरीको प्यानबाट कार्यसमपति सदस्यमा मिलनबाबु मल्ल, अनुप कुमार बराल , राजनबाबु श्रेष्ठ , सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्राम सिंघानिया, निलमणी पाठक, बरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् । थापाको प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा विजयी भए ।
जम्मा ३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २७ सय ८८ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 months ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 4 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago