भर्खरै

विद्युत् र श्रम शक्तिको उपभोग गर्न अर्थमन्त्री शर्माको आग्रह

  • प्रकाशित मिति : बुध, मंसिर २२, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २२ मंसिर ।  नेपालको विद्युत् र श्रम शक्तिको भरपुर उपभोग गरी अर्थतन्त्रलाई बलियो बनाउन अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई आग्रह गरेका छन् । आज नाडाको ४५ औं वार्षिक साधारणसभा बोल्दै मन्त्री शर्माले विद्युत् र श्रम शक्ति अहिले हाम्रो सबैभन्दा बलियो पक्ष भएको हो यसलाई नाडाले उपभोग गर्नुपर्ने बताए ।
 
मन्त्री शर्माले अब नेपालमा विद्युतीय चार्जिङ स्टेसन बनाउनमा सरकारले जोड दिएको बताउदै उनले भने ‘अब सबै पेट्रोल पम्पलाई विद्युतीय चार्जिङ स्टेसनमा बदल्नुपर्छ । त्यसको सहज प्रविधि पनि विकसित भइसकेको छ, यसो गर्दा देशको अर्थतन्त्रलाई नै योग्दान पुग्दछ ।’
अर्थमन्त्री जनार्दन शर्माले अटो मोबाइल क्षेत्रको राजश्वमा भइरहेको २५ प्रतिशत योगदान घटाउनुपर्ने बताए । उनले २५ प्रतिशत प्रत्यक्ष योगदानलाई घटाएर अप्रत्यक्ष योगदान ५० प्रतिशत बनाउन समेत आग्रह गरेका छन् ।
 
उनले यही सवारी साधन उत्पादन गरे विद्युतमा सहुलियत दिने भन्दै जग्गा उपलब्ध गराउने, न्यनूतम उद्योग सञ्चालन हुने ग्यारेन्टी दिने प्रतिबद्धता जनाए ।
 उनले अहिले नेपालले भोगिरेको गरिबी, बेरोजगारी तथा व्यापार घाटाको समस्या समाधान गर्नका लागि सबैले ध्यान दिनुपर्ने बताए ।
 
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभा बुधबार अर्थमन्त्री जनार्दन शर्माले औपचारिक रुपमा सभाको उद्घाटन गरेका हुन् ।
नाडामा व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि प्रत्यक्ष निर्वाचनमार्फत सभाले नाडाको कार्य समितिको टुंगो लगाउनेछ । 
अध्यक्षमा व्यवसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन् भने चौधरी र थापा दुई समूह (प्यानल) मा रहेर अन्य ३४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
 
सभाले संघको भावी नेतृत्वका लागि भोलि अर्थात् मंसिर २३ गते निर्वाचन गर्नेछ । निर्वाचन भोलि बिहीबार बिहान ८ बजेदेखि बेलुकी ३ बजेसम्म चल्ने छ । निर्वाचनले एक अध्यक्षसहित १७ सदस्य छनोट गर्नेछ भने निर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्य केन्द्रीय पदाधिकारीहरु तोक्नेछ । 

प्रतिक्रिया