भर्खरै

करेन्ट लागेर युवकको मृत्यु

  • प्रकाशित मिति : सोम, मंसिर २०, २०७८
  • - रासस
title

तनहुँ, २० मङ्सिर । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युतको तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली सख्त घाइते भएका  थिए । 
 
घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ज्ञवाली तनहुँको दुलेगौडास्थित डिभिजिङ नेटवर्क प्रालिको कर्मचारी हुन्  । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 14 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 19 hours ago