भर्खरै

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

  • प्रकाशित मिति : सोम, मंसिर २०, २०७८
  • - Admin
title

काठमाडौं २० मंसिर । धादिङमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत पुगेको छ ।
 
मर्स्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए ।
 
विद्युत आपूर्तिसँगै उद्योगको परीक्षण उत्पादनको बाटो खुलेको पोखरेलले बताए । ‘उद्योगलाई विद्युत आपूर्ति भएको छ, अब हामी परीक्षण उत्पादनका लागि तयार भएका छौं,’ पोखरेलले भने । अबको तीन सातापछि उद्योगले परीक्षण उत्पादन थाल्ने पनि उनले बताए । दुई महिनाभित्रै गुणस्तर परीक्षण सकेर व्यवसायीक उत्पादन थाल्ने तयारी उद्योगले गरेको पोखरेलले बताए ।
 
सोमबार बिहान ७ बजेदेखि स्वीचिङ स्टेशन रहेको धादिङको सिद्धलेक गाउँपालिका ६ देखि उद्योगसम्मको प्रशारण लाइनमा विद्युत प्रवाह भएको बेनिघाट रोराङ गाउँपालिकाले जानाएको छ । १३२ केभी प्रशारण लाइनबाट विद्युत प्रवाह भएको भन्दै टावरमा नछुन, छेउछाउ नजान र सुरक्षाका उपाय अपनाउन पालिकाले सर्वसाधरणलाई सार्वजनिक सूचना मार्फतआग्रह गरेको छ ।
 
धादिङको ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्न तिहारको टीकाको दिन स्वीचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो । हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन र कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन निर्माण गरेको थियो । यस्तै कारखाना परिसरभित्र १३२.१० केभीको सबस्टेसन पनि निर्माण गरेको छ ।
 
नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा हुवासिन सिमेन्टलाई लिइन्छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ । –अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago