भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, मंसिर २०, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २० मंसिर । मोरङ्ग इलेक्ट्रिक संघले गत शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
 
 विद्युतीय व्यवसायीहरुको संस्था मोरङ्ग इलेक्ट्रिक संघले विराटनगरमा हाल देखिएको रगतको अभावलाई मध्यनजर गर्दै खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।
 
मङ्सिर १८ गते शनिवार पुष्पलाल चोकमा संघले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा महिला १० र पुरुष ४१ गरी ५१ जना सहभागी भएको संघका प्रथम उपध्यक्ष राजेश अग्रवालले बताए ।
 
कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यकारी समितिका सदस्य, साधरण सदस्य लगायत अन्य सर्वसाधारणको समेत उल्लेखनिय उपस्थिति रहेको अग्रवालले जानकारी दिए । 

प्रतिक्रिया