जाडो मौसममा जीवनस्तर सहज बनाउन ‘सिजी प्रोड्क्ट’

  • प्रकाशित मिति : बुध, मंसिर १५, २०७८
  • - विद्युत संसार संवाददाता
title

सि.जी ब्राण्ड नेपालको नम्बर एक इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा परिचित छ । किचनमा आवश्यक पर्ने साना इलेक्ट्रिोनिक सामग्री देखि ठूला उद्योगहरुमा आवश्यक पर्ने सामग्रीहरु सि.जीले बजारमा ल्याएको छ । त्यसमध्ये आज हामी विशेषगरी जाडो मौसमलाई प्राथमिकतामा राखेर विगत ५ वर्ष देखि कार्यरत सि.जी ब्राण्डका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटीसँग जाडो मौसमका केही सामग्रीहरुको चर्चा गर्दैछौ । उनै सि.जी ब्राण्डका ब्राण्ड म्यानेजर नगरकोटीसँग विद्युत संसार साप्ताहिकले गरेको कुराकानीमा आधारित सामग्रीः
 
३० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी स्थानमा रहँदै आएको सि.जी इलेक्ट्रिोनिक्स,जसले उच्च गुणस्तरका घरायसी देखि ठूला होटलहरुमा आवश्यक पर्ने सामग्रीका उत्पादनहरू उपभोक्ता माझ प्रस्तुत गर्दै आएको छ । कम्पनीले घरेलु सि.जी ब्रान्ड सहित नौ भन्दा बढी ब्रान्डहरूमा कारोबार गरिरहेको छ । सि.जी ग्रुपले उपभोक्तामुखि घरमा प्रयोग हुने तथा विद्युतीय यान्त्रिक सामग्रीहरु उत्पादन र जडान गरी बजारमा उपलब्ध गराउनुका साथै निर्धारित मापदण्ड पुरा गरी आफ्ना उपभोक्ताको सन्तुष्टि पूर्ति गर्न बिक्रि पश्चात्को सेवा गर्ने नीति लिएको छ ।
इलेक्ट्रिोनिक्स सामग्री अन्तर्गत सि.जी ब्राण्डमा होम एप्लाइन्सेसका थुप्रै सामग्रीहरु छन् । बजारमा सि.जी का सामग्रीको माग र प्रयोगको मूल्यांकनले पनि सि.जी उत्कृष्ट गुणस्तरीयताको उदाहरण बन्न पुगेको छ । नेपाली सामग्री पनि विदेशी ब्राण्डका सामग्रीहरुसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरण सि.जी ले दिएको छ । सि.जी का सम्पूर्ण सामग्रीहरु न्यूनतम एक वर्ष देखि १० वर्ष सम्म वारेन्टी रहेको छ ।  सि.जी का सबै सामग्रीहरु अन्तर्राष्ट्रिय ब्राण्ड बराबरको गुणस्तर, आकर्षक डिजाइन र फिचरहरुमा उपलब्ध छ । यसैले सि.जी का प्रोड्क्टहरु उत्साह रुपमा प्रयोग गर्दा जहाँ आफ्नोपन झल्कने छ ।  जाडोमा उपभोक्ताको जीवनस्तर सहज बनाउने कम्पनीको दावी छ ।
 
आज हामीले सि.जी ले जाडोलाई लक्षित गरी बजारमा ल्याएका घरायसी सामाग्रीहरुको बारेमा चर्चा गर्दैछौ ।  
इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले जाडोलाई लक्षित गरी रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रिक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मस लगायतका विभिन्न किसिमका नयाँ घरायसी सामग्रीहरु बजारमा ल्याएको छ । सि.जी ले प्रस्तुत गरेका घरायसी सामग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेको छ । जसमध्ये केहीको यहाँ चर्चा गरिएको छ ।
 
गिजरः
जाडोमा उपभोक्ताको जीवनस्तर सहज बनाउन सि.जीले विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजर गरी दुई किसिमका गिजरहरु बजारमा उपलब्ध गराएको छ ।
चिसो पानीबाट नुहाउने समस्याको हलका लागि इलेक्ट्रिक गिजरहरु १० लिटर, १५ लिटर, २० लिटर, २५ लिटर र ३० लिटरमा उपलब्ध रहेकोे छ । स्मार्ट इलेक्ट्रिक गिजरमा अर्थलिकेज सर्किट ब्रेकर (इएलसीबी) जस्ता मुख्य विशेषता रहेको छ । इएलसीबी प्रविधिले करेन्टलाई लिकेज हुन र लाग्नबाट जोगाउँछ । नयाँ हिटरहरुमा उच्च गुणस्तरको हिटिङ तत्व राखेको हुनाले यसको आयु र न्यूनतम शक्ति खपत गर्नेछ । यसमा ७५ डिग्री सेल्सियस तापक्रमसम्म बढाउन सकिन्छ । अधिकतम तापक्रमबाट हुने क्षतिलाई पनि रोक्ने विशेषता यसमा रहेको भन्दै कम्पनीले यस्ता हिटरको ट्याङकीमा पाँच वर्षको वारेण्टीको व्यवस्था गरिएको छ । स्मार्ट इलेक्ट्रिक गिजरको मूल्य ११ हजार देखि करिब १९ हजार सम्म यसको मूल्य पर्दछ ।
त्यस्तै ग्यास गिजर पनि विभिन्न रंगमा उपलब्ध छन् । ११ वाट हिटर इनपुट तथा २८ हजार प्रति एलपिजि ग्यास प्रेसरमा चल्ने छ । गिजर आकर्षक र किफायती मूल्यमा नेपालभरी उपलब्ध रहेकोे छ, भने ग्यास गिजरको मूल्य ९ हजारदेखि करिब १० हजारसम्म पर्दछ । 
 
रुम हिटर
जाडो मौसममा कोठालाई एकदमै न्यानो पार्न सिजीको रुम हिटर र हेलोजिन हिटरसँगै फ्यान हिटर अन्य कम्पनीको तुलनामा विल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा उपलब्ध छ । 
रुम हिटरहरुमा हेलोजिन हिटरसँगै ग्यास रुम हिटर, त्तगबचतश (क्वार्टज) हिटर, इलेक्ट्रिक हिट हिटरहरु हुन । यी हिटरहरु विभिन्न साइजमा पाइन्छ । 
हिटरहरुको मूल्य वाट अनुसार फरक रहेको छ । मध्यमस्तरका परिवारको आयस्रोतलाई ध्यानमा राख्दै सि.जीले कम मूल्यमा पनि गुणस्तरीय र किफायती रुम हिटरहरु उपभोक्ता माझ उपलब्ध गराउँदै आएको छ । जुन नेपालभर सहजै पाउन सकिन्छ । 
 
वाटर डिस्पेन्सर
सर्वसाधारणसँग न्यानो सम्बन्ध राखी जाडोमा जीवन सरल र सहज बनाउन सि.जी ब्राण्डका वाटर डिस्पेन्सर बजारमा ल्याएका छन् । जुनसुकै स्थानमा जति बेला पनि तातो पानी उपलब्ध गराउन वाटर डिस्पेन्सर जाडो मौसममा एउटा उपयोगी सामग्री हो । विना झन्झट पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न साईजहरुमा सि.जी ब्राण्डका वाटर डिस्पेन्सर बजारमा उपलब्ध छन् । सबै सामग्रीहरुमा एक वर्षको वारेन्टी रहेको छ । यसको मूल्य ४ हजार देखि करिब २२ हजारसम्म पर्दछ । 
त्यस्तै केही समयमा नै पानी तताउनलाई विभिन्न किसिमका नयाँ–नयाँ आकर्षक हटपट र केटलहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म तातो बनाईराख्न विल्कुलै नयाँ विभिन्न किसिम साइजका भ्याकुम फ्ल्याक्सहरु उपलब्ध छ ।
 
अन्य सामग्रीहरुः
सि.जी ब्राण्डले जाडो मौसममा उपभोक्ताको जीवनस्तर सहज बनाउन माथि उल्लेखित सामग्री लगायत मानवीय जीवनमा आवश्यक पर्ने विभिन्न प्रकारका सामग्रीहरु बजारमा ल्याएको छ । 
 
विना झन्झट छोटो समयमा पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रिक केटल र हटपटहरु समेत बजार भित्र्याएको कम्पनीको भनाई छ । कम्पनीका अनुसार तातिएको पानीलाई लामो समयसम्म तातो बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु यस्तै खानालाई एकैछिनमा तातो बनाउन इलेक्ट्रिक ओभनपनि बजारमा सहज उपलब्ध छन् ।

प्रतिक्रिया