भर्खरै

रसुवागढी, सान्जेन र माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न घिसिङको निर्देशन

  • प्रकाशित मिति : मंगल, मंसिर १४, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौ, मंसिर । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको पनि लगानीमा निर्माण भइरहेको रसुवागढी, सान्जेन र माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सक्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।   
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको हो  ।
 
प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङले निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु, परामर्शदातासँग प्रत्यक्ष भेटघाट गरी छलफल गरेर बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिएका हुन् । यी तीन वटै आयोजना घिसिङ चिलिमेको प्रबन्ध-सञ्चालक हुँदा आयोजनाहरुको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए ।
२०७२ को भूकम्प, भारतीय नाकाबन्दी, बाढी पहिरो, कोभिड-१९को महामारी लगायतका कारणले आयोजनाहरुको निर्माण प्रभावित हुँदै आएको छ । 
आयोजनाको ‘मुख्य सिभिल संरचनाहरुको निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा आयोजनाहरुको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्ने भन्दै ‘बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर ७/८ महिनाभित्रमा सम्पन्न गर्नुपर्ने घिसिङले बताए ।’
 
माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङलगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण प्रगति ९१ प्रतिशत छ । यस्तै, माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ,सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ । विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । सान्जेनको समग्र निर्माण प्रगति ८३ प्रतिशत छ ।
 
दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ । निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने छन् । प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ ।
 
रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । इलेक्ट्रोेमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजनास्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ । तीन वटै आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago