भर्खरै

बहाना बनाउने छुट कसैलाई छैन, निर्माणलाई तिव्रता दिनुहोस्ः निर्देशन घिसिङ

  • प्रकाशित मिति : आइत, मंसिर १२, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं १२ मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको काम साउनभित्र सक्न निर्देशन दिएका छन् । 
आइतबार अवलोकनमा नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ लगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गर्दै कुनैपनि बाहना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई नभएको भन्दै निर्माणलाई तिव्रता दिदंै साउनभित्र काम सक्न निर्देशन दिएका छन् ।
‘यसै प्रसारण लाइनमा जोडिने तीनवटा जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको बताउँदै निर्देशक घिसिङले प्रसारण लाइन संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक-पटक जनाएको प्रतिबद्धता अनुसार छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गरे ।
निर्देशक घिसिङले अब दिएको तालिका अनुसार पनि काम सम्पन्न गर्न नसक्ने हो भने ठेकेदार कम्पनी र परार्शदाता हात उठाएर जान सक्ने बताउँदै निर्माणमा ढिलाई भएर उत्पन्न हुने परिस्थितिको सम्पूणर् जिम्मेवारी ठेकेदारले लिनु पर्ने समेत बताए । 
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ६० प्रतिशत सकिएको छ । प्रसारणलाइन निर्माणको काम चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले गर्दैछ । यस्तै, आयोजनाको परामर्शदाता पावर ग्रिड, भारत हो । यो आयोजनाको काम आगामी वर्षको साउनभित्र सक्ने लक्ष्य रहेको छ ।
आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हव र त्रिशुली थ्री बी हब सबस्टेसन निर्माण भइरहेको छ । साथै, चिलिमे -त्रिशुली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन  निर्माणाधीन छन् ।
आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार सर्किट निर्माण गर्नेछ । भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने र स्थानीयको अवरोधका साथै कोरोना महामारीका कारणले आयोजना प्रभावित बन्दै आएको छ ।
प्रसारण लाइनको समस्याका कारण यी आयोजनाको विद्युत खेर जाने अवस्था आउन लागेपछि घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको हो । टोलीले प्रसारण लाइन निर्माणमा आमाछोदिङमो गाउँपालिका-१ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै गर्दै आएको अवरोधलाई हटाउन छलफल गरेको थियो । गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमा दिण्डु तामाङ र स्थानीयबासीसँग हाकुमा छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 57 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago