भर्खरै

विद्युत् प्रसारण लाइन आधुनिकीकरणका लागि एडीबीसँग ७ अर्ब ऋण सम्झौता

  • प्रकाशित मिति : शुक्र, मंसिर १०, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौँ, मंसिर ।  एसियाली विकास बैंक (एडीबी) ले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणाली आधुनिकीकरणका लागि सहुलियतपूणर् ऋण उपलब्ध गराउने भएको छ । एडीबीले ७ अर्ब ८ करोड रुपैयाँ बराबर सहुलियतपूणर् ऋण उपलब्ध गराउने भएको हो ।
 
अर्थ सचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक आर्नड कौकोइसले शुक्रबार उक्त ऋण सम्झौतामा हस्ताक्षर गरे । यो ऋण रकम नेपाल विद्युत् प्राधिकरणमार्फत् परिचालन हुनेछ ।
एडीबीले यसअघि पनि नेपालको जलविद्युत् क्षेत्रमा सहुलियतपूणर् ऋण लगानी गर्दै आएको छ । वितरण प्रणाली आधुनिकीकरण गर्ने उद्देश्यअनुसार एडीबीले नेपाल विद्युत् प्राधिकरणलाई स्मार्ट मिटर परियोजना कार्यान्वयन गर्नका लागि पनि सहुलियतपूणर् ऋण उपलब्ध गराएको छ । त्यस्तै उत्पादन आयोजनामा पनि एडीबीमार्फत् नेपालले ऋण लिएको छ । कान्तिपुर अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 18 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 18 hours ago