भर्खरै

इन्डक्सन किन्ने तयारीमा हुनुहुन्छ ?, यसरी थाहा पाउनुहोस् गुणस्तरीय इन्डक्सन चुल्हो

  • प्रकाशित मिति : बुध, मंसिर ८, २०७८
  • - विद्युत संसार संवाददाता
title

मंसिर काठमाडौं । पछिल्लो समय नेपालमा लोडसेडिङ्ग हटेर नेपालमा नै विद्युत उत्पादन बढ्दो छ । बढी उत्पादन भएकै कारण नेपाल विद्युत प्राधिकरणलाई विद्युत खपत कसरी बढाउने विषय टाउको दुखाईको विषय बनेको छ । सरकारले नै नेपालमा विद्युत खपत बढाउने विभिन्न कार्ययोजनाहरु ल्याउने गरेको छ जस अन्तर्गत इन्डक्सन चुल्हो शिर्ष स्थानमा नै आउँदछ । विद्युत उत्पादनमा वृद्धि हुनु र सरकारले यही मंसिरबाट विद्युत महसुलमा गरेको समयोजनले पनि उपभोक्ताहरुमा विद्युतीय उत्पादनप्रति चासो बढिरहेको छ । 
 
हालै पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढेपछि त विद्युतीय गाडीदेखि भान्छामा प्रयोग हुने इन्डक्सन चुलासम्मका सामग्रीमा सर्वसाधारणको झनै रुचि बढेको छ । नेपाल विद्युत प्राधिकरणले समेत विद्युतको आन्तरिक खपत बढाउन सहुलियत कार्यक्रम ल्याउने तयारी गरेको छ । अझ अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य वृद्धि हुने क्रम जारी रहेकाले नेपालमा पनि मूल्यवृद्धि हुने सम्भावना रहेकोले पनि उपभोक्ताहरुमा विद्युतीय सामग्रीहरु प्रति चासो बढ्ने स्वभाविक नै हो ।
 
घरेलु उपकरण मध्ये इन्डक्सन चुल्होे कसरी छनौट गर्ने भन्ने विषय भने जटिल नै हो । बजारमा अनेकन मोडलका इन्डक्सन चुल्हो पाइन्छन् । त्यसका मूल्य पनि फरक फरक छन् । चिनियाँ कम्पनीका इन्डक्सन कम मूल्यमा पाइन्छ भने विशेष गरी भारतीय र तेस्रो देशमा बनेका इन्डक्सन चुल्होको मूल्य अलिक बढी पर्छ । विशेषगरी इन्डक्सनको ब्राण्ड, गुणस्तर, वारेन्टी, सर्भिस सपोर्ट लगायतका विषय अध्ययन गर्ने र आफ्नो आवश्यकतासँग मेल खाने गरी चुलो छान्नुपर्छ । यही विषयमा हामी चर्चा गर्दैछौं ।
इन्डक्सन चुल्होले चुम्बकीय प्रतिक्रियाद्वारा भाँडोलाई तताउने काम गर्छ । यसको ताप सिधै भाँडामा पर्ने हुनाले भाँडो एकदमै छिटो तात्छ । ताप पनि सबैतिर समानरुपमा जाने भएकाले ग्यासको तुलनामा इन्डक्सन चुल्होमा चाँडो खाना पाक्नुका साथै राम्रो तरिकाले पनि पाक्छ । प्रायजसो चुलोहरू दुई प्रकारको हुन्छ, एउटा सहजै जता पनि सार्न मिल्ने, अर्को फिक्स्ड चुलो । पोर्टेबल चुलो तपाईंको आवश्यकता अनुसार जता पनि लिएर जान मिल्ने हुन्छ भने फिक्स्ड चुलो एकपटक जोडेपछि अर्को ठाउँ सार्न सकिँदैन ।
 
 
इन्डक्सनको पावर रेट
इन्डक्सन चुलो किन्ने बेलामा सबैभन्दा सुरुमा ध्यान दिनुपर्ने कुरा हो पावर रेट । इन्डक्सनको पावर रेट जति धेरै भयो त्यतिनै खाना छिटो पाक्ने हुन्छ । धेरैजसो इन्डक्सनको पावर रेट १००० देखि २००० वाट सम्मको हुने गर्छ । यसर्थ जति धेरै पावर रेट भयो, त्यति नै मूल्य भने बढी पर्न सक्छ । सस्तो इन्डक्सन विद्युत खपत बढी गर्ने र खाना डिलो पाक्ने समस्या पनि हुन सक्दछ ।
 पावर रेट इन्डक्सनको गुणस्तरीयता अनुसार पनि भर पर्दछ । कम गुणस्तरका इन्डक्सन भएका भने बमोजिम पावर दिन पनि नसक्ने हुन्छ । जसकारण उपभोक्ता मार पर्दछ यसैले किन्नु भन्दा अगाडि नै हामी इन्डक्सनको गुणस्तरीयतामा अडिक हुन आवश्यक छ ।
 
प्रि सेट
प्रयोगकर्ताको सहजताका लागि केही कम्पनीहरू ले इन्डक्सनमा प्रि–सेट मेनुको पनि व्यवस्था गरेका छन् । त्यसले कुन खाना पकाउँदा कति तापक्रम चाहिन्छ भन्ने कुरा निर्धारण गर्ने गरी व्यवस्था गरिएको हुन्छ । खानेकुरा अनुसार एक क्लिकको भरमा फरक–फरक तापक्रम मिलाउने काम प्रि–सेट मेनुले गर्दछ । यस्तो सुविधा भएको चुल्हो नेपालका लागि बढी उपयुक्त हुन्छ ।
 
सुरक्षा
सामान्यतया मानिसहरुमा इन्डक्सनमा खाना पकाउँदा करेन्ट लाग्छ कि भन्ने डर पनि रहेको हुन्छ । सोही कारण चुल्हो खरिद गर्दा त्यसको गुणस्तरमा सुरक्षा प्रणालीको बारेमा पनि ध्यान दिन जरुरी हुन्छ । कम गुणस्तरको सस्तो इन्डक्सन लिएर सुरक्षा जोखिमलाई बढाउन भन्दा पहिले नै गुणस्तरीय इन्डक्सन लिनु बुद्धिमानी हुन्छ ।
केही कम्पनीका चुल्होमा भाडा निकाल्ने बित्तिकै तापक्रम घट्ने प्रणाली राखिएको हुन्छ । त्यो भनेको तपाईले प्यानबाट भाडा निकाल्ने बित्तिकै तापक्रम घटी हाल्छ र राख्ने बित्तिकै पुनः बढ्न थाल्छ । यसको अर्को फाइदा पनि छ । यदि तपाईंले चुलो बन्द गर्न बिर्सनुभयो भने पनि चुलो आफैं बन्द हुन्छ । यस्ता विभिन्न सुरक्षाका मापदण्ड प्रयोग भएका चुलोहरू हेरेर खरिद गर्नु पनि सुरक्षित हुन्छ । यस्तो विशेषता भएको चुल्होले आगलागी हुने जोखिम पनि कम गर्छ ।
 
प्यानको आकार
बजारमा चुल्हो ठूलो र सानो दुवै आकारको पाइन्छ । चुल्हो खरिद गर्दा प्यानको आकारलाई पनि ध्यान दिन जरुरी हुन्छ । चुल्हो भाडा भन्दा सानो भयो भने त्यसले काम गर्दैन । भाडाको साइज र चुल्हो दुवै मिल्नुपर्छ ।
 
पानी नपस्ने 
इन्डक्सन खरिद यसको उपकरणहरुमा पानी पस्छ कि पस्दैन यी विषयमा निश्चिन्तता हुन आवश्यक छ । गुणस्तहिन इन्डक्सन किन्दा केही समयभित्र बिग्रियो भने त्यसको कुनै अर्थ हुँदैन जसले घर तथा मानवीय जोखिम बढाउँदछ । त्यसकारण इन्डक्सनको भित्रपट्टि रहेको क्वाइल वा अन्य उपकरणमा पानी नपस्ने खालको सुरक्षा उपकरण भएको खरिद गर्दा उपयुक्त हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ९ मङ्सिर । यो साता कारोबारक 5 hours ago

चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप

काठमाडौँ, ९ मङ्सिर । नेपाल विद्युत् प 6 hours ago