भर्खरै

नौमूले जलविद्युत् गृहमा समस्या

  • प्रकाशित मिति : आइत, मंसिर ५, २०७८
  • - रासस
title
खलङगा, मंसिर । जुम्लाको गुठिचौर गाउँपालिका - ५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको विद्युतगृहमा समस्या आउदा चार गाउँ अन्धकार भएका छन् । मङ्गलबारदेखि विद्युत्गृहमा समस्या आएको हो । 
 
विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए । गुठिचौर गाउँपालिका-५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अध्याँरोमा बस्न बाध्य छन् । विद्युत् गृह मरमत गर्न अझै एक हप्ता लाग्ने जनाइएको छ । 
 
गाउँपालिकाभित्रका करिब ५५० घरधुरीका उपभोक्ता विद्युत्बाट लाभान्वित भएका थिए । विद्युत् अवरोध भएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न, सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन् । ७६ किलोवाटको क्षमताको लघुजलविद्युत् सञ्चालनमा ती गाउँबस्तीलाई सहज भएको थियो ।
 
त्रिभुवन माध्यमिक विद्यालयका लेखापाल राजेन्द्र भण्डारीले विद्युत् अवरोध हुँदा अध्यापनमा समस्या भइरहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago