भर्खरै

विद्युतीय चुल्हो र गाडी चलाउन तयार रहनुस् हामी अनुदान दिन तयार छौं : प्रधानमन्त्री देउवा

  • प्रकाशित मिति : मंगल, कार्तिक ३०, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा उत्पादित विद्युतको स्वदेशमा नै विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को १९ र २०औं साधारणसभालाई सम्बोधन गर्दै उनले तपाईहरु विद्युतीय चुल्हो र गाडी चलाउन तयार रहनुस् भन्दै सरकारले अनुदान दिने बताएका हुन् ।
 
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सञ्चालन गर्नका लागि ३ सय विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको बताए । काठमाडौंमा धुवाँ र धुलो बढेकाले काठमाडौंबाट विद्युतीय बस सञ्चालन सुरु गरेर देशैभर विस्तार गरेर पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापन गर्न सकिने उनको भनाइ छ ।
अहिले विद्युत पर्याप्त मात्रामा छ ’नेपालको विद्युत भारतले किनिदिएन भने के गर्ने? हाम्रो देशको यति धेरै बिजुली छ । भारतले किन्छ भन्ने छैन,’ उनले भने, ’नेपालको विद्युत नेपालमै खपत गर्नुपर्छ ।’ 
यस्तै कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसालले उत्पादित बिजुली बिक्री गर्ने भरपर्दो आधारसहित आए निजी क्षेत्रलाई समेत विद्युत व्यापार गर्र्ने बाटो खुला गरिने बताएकी छिन्  उनले ४५ प्रतिशत विद्युत निजी क्षेत्रबाट उत्पादन हुँदै आएकोले उत्पादित विद्युत खपत ’हुन्छ र गर्छौं’ भन्ने भरपर्दो आधारसहित संस्थागत रूपमा आएमा निजी क्षेत्रलाई पनि व्यापार गर्न दिने उनको भनाई छ ।
 
विगतका वर्षहरुमा केही कम्पनीहरुले झोलामा खोला बोकेर हिडेका कारण सोही समस्या नदोहोरियोस् भन्नाका लागि विद्युत बिक्री गर्ने भरपर्दो आधार निजि क्षेत्रबाट खोजिएको उनले स्पष्ट पारिन् ।
गत तीनवर्ष देखि पीपीए रोकिएको भन्दै पीपीएलाई कसरी अगाडि बढाउने भन्नेमा छलफल गरिरहेको समेत उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago