भर्खरै

बिजुली पाएपछि २० अर्ब लगानी थप्दै होङ्शी

  • प्रकाशित मिति : सोम, कार्तिक २९, २०७८
  • -
title

काठमाडौं, कात्तिक । व्यावसायिक उत्पादन शुरू गरेको ३ वर्षपछि बिजुली पाएको होङशी शिवम् सिमेन्ट उद्योगमा थप लगानीसहित क्षमता विस्तार गरिने भएको छ । हालको उत्पादन क्षमतालाई दोब्बर बनाउन उद्योगमा रू. २० अर्बभन्दा बढी लगानी थप गर्न लागिएको हो । यसअघि उद्योगमा रू. ३६ अर्ब लगानी भइसकेको छ । 
२०७५ जेठदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले हालसम्म डिजेलको प्रयोगबाट सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि ३० मेगावाट (मेवा) विद्युत् उपलब्ध गराएको छ । नवलपरासीको सर्दीस्थित उद्योगबाट अहिले दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगले दोस्रो चरणमा प्रतिदिन ६ हजार गरी पूणर् क्षमतामा सञ्चालन गर्न लगानी थप्न लागेको हो ।
 
कुल १२ हजार उत्पादन क्षमताको उद्योगले लगानी थपेपछि उद्योग पूणर् क्षमतामा सञ्चालन हुनेछ । थप लगानी र क्षमता विस्तारमा पनि लगानी मोडालिटी भने पुरानै हुनेछ । हाल सञ्चालित उद्योगमा चिनियाँ लगानीकर्ता कम्पनी हङकङ रेडलायनको ७० प्रतिशत र नेपाली लगानीकर्ता शिवम् सिमेन्टको ३० प्रतिशत लगानी छ । यही मोडालिटीअनुसार नै उद्योगमा थप लगानी विस्तार हुने उनले बताए । क्षमता विस्तार गर्न चिनियाँ लगानीकर्ताले ७० प्रतिशत लगानी थप्नेछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया