ऊर्जा दक्षताको प्रवद्र्धनमा जोडदिनुपर्ने विज्ञहरुको सुझाव

  • प्रकाशित मिति : सोम, कार्तिक १५, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौंं, कात्तिक । राष्ट्रको समग्र विकासको मुख्य आधार नै ऊर्जा हो । राष्ट्रको आर्थिक वृद्धि तथा आर्थिक विकासमा यसको मुख्य भूमिका रहन्छ । 
ऊर्जाको किफायती तरिकाले प्रयोग, कार्बन व्यापारबाट आर्थिक लाभ र जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि दिगो ऊर्जा सम्मिश्रणको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञले सुझाव दिएका छन् । 
आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औ वार्षिकोत्सवको अवसरमा आयोजित ‘नेपालमा दिगो ऊर्जा सम्मिश्रणको नयाँ स्रोतको रुपमा ऊर्जा दक्षताको प्रवद्र्धन’ विषयक राष्ट्रिय नीतिगत छलफल कार्यक्रमका ऊर्जा विज्ञहरुले ऊर्जा दक्षताको प्रवद्र्धन गर्नुपर्नेमा जोडदिएका हुन । 
विद्युत् खपतमा वृद्धिसँगै त्यसको सही ढङ्गबाट उपयोग गर्न सकिएमा नै लाभ लिन सकिने र ऊर्जाको बचत तुलनात्मक रुपमा ऊर्जा उत्पादन भन्दा सस्तो र प्रभावकारी रहने विज्ञहरुको धारणा छ ।  
 
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले सरकारले तीन वर्षअघि नै ऊर्जा दक्षतासम्बन्धी रणनीति ल्याइसकेको र त्यसको आधारमा अलग्गै ऐन ल्याउन लागेको बताए । 
उनले भने ऊर्जा दक्षता कार्यान्वयन गर्नको लागि प्रविधिगत विकाससँगै उपभोक्ताको व्यवहारमा पनि सुधार आउनुपर्ने बताउँदै ऊर्जा दक्षता कार्यक्रमको प्रमुख ध्येय नै जनताको पहँुचमा ऊर्जा पुर्‍याउनु रहेको उनको भनाई छ । 
यस्तै केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले नेपालमा सन् १९८५ देखि नै ऊर्जा दक्षताको कार्य थालनी भएपनि पछिल्लो दशकदेखि नीतिगत व्यवस्था र कार्यक्रम कार्यान्वयन हुन थालेपछि निकै महत्वपूणर् उपलब्धि हासिल भएको बताए । 
उहाँले तीन वर्षदेखि केन्द्रको कार्यादेशमा यसलाई समावेश गरिएपछि विभिन्न प्रवद्र्धनात्मक कार्य, ऊर्जा लेखा परीक्षणका कार्य, जनजागरुकता कार्यक्रम, उद्योगहरुमा ऊर्जा दक्षताको लागि ऋणको प्रर्वद्धन, बिजुलीको माग पक्षको प्रर्वद्धन लगायतका कामहरु भएको जानकारी दिए । अधिकारीले नेपालमा दिगो ऊर्जाको प्रवद्र्धनका लागि ऊर्जा दक्षतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिदैं ऊर्जा दक्षताको प्रवद्र्धनको लागि औद्योगिक व्यवसाय ऐन २०७३ प्रतिपादित गरिएको उनको भनाई छ । 
 
नेपालस्थित जर्मन दूतावासका विकास साझेदारीका उपप्रमुख सिमोन म्याक्सिमिलियन हाइन्केलेले लामो समयदेखि जर्मन सरकारले नेपालको ऊर्जा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरबाट नेपाल नराम्ररी प्रभावित भएको अवस्थामा स्वच्छ ऊर्जाको प्रवद्र्धनमा निरन्तर सहयोग रहने बताए । 
 रिप कार्यक्रमका वरिष्ठ ऊर्जाविज्ञ डा नारायण चौलागाईंले ऊर्जा दक्षताको अर्थ ऊर्जा खपत कम गर्नु नभई त्यसको सही ढङ्गबाट उपयोग बढाउनु रहेको बताउँदै अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाउन, ऊर्जाको लागत कम गर्न र अन्य देश सरह प्रतिव्यक्ति खपत बढाउन ऊर्जा दक्षतामा जोड दिनुपर्ने बताए ।  उनले भने नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत् खपत केबल ३४० किलोवाट घण्टा रहेको अवस्थामा यसलाई वृद्धि गर्न ऊर्जा उत्पादनसँगै त्यसको दक्षतापूणर् रुपमा उपयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रका निर्देशक प्राडा त्रिरत्न ब्रजाचार्य, विद्युत् विकास विभागका महानिर्देशक सन्दीपकुमार देव, नेपाल गुणस्तर तथा मापदण्ड विभागका उपमहानिर्देशक प्रभातकुमार सिंह, नेपाल विद्युत् प्राधिकरणका ऊर्जा दक्षता विभागका प्रमुख श्रीराम पोखरेल, नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी सदस्य अरनिको राजभण्डारी र ऊर्जाविद् अनिल चित्रकारले पनि ऊर्जा दक्षताको आवश्यकता र महत्वका बारेमा प्रकाश पारेकोे थियो ।

प्रतिक्रिया