भर्खरै

सबै प्रकारका इन्धनमा बढाएको मूल्यवृद्धि फिर्ता गर्न निगमलाई विद्यार्थी संगठनको चेतावनी

  • प्रकाशित मिति : आइत, कार्तिक १४, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, कात्तिक । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर रु.३/३ बढाएको छ ।
निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो ।
 
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रूपैयाँ बढेसँगै पेट्रोल अब १३३ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ । 
त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ । अब ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार पाँच सय रूपैयाँ पर्नेछ ।
निगमले बढाएको इन्धनको मूल्यवृद्धि प्रति ६ विद्यार्थी संगठनले मूल्यवृद्धि खारेजी गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय जनमोर्चा निकट अखिल, विप्लवनिकट अखिल क्रान्तिकारी र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी गरी ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गरी मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम–नेपालीको जनजीवन कठिन बनाएको भन्दै मूल्यवृद्धि फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
 
’दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडवाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ,’६ विद्यार्थी संगठनले विज्ञप्तिमा भनेका छन,’बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रोजस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको व्यापारीको जस्तो भूमिका किमार्थ  स्वीकार्य छैन ।’ संगठनले निगम भित्र रहेको भ्रष्टाचार, चुहावट र अनियमितताको अन्त्य तर्फ ध्यान नदिई केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रूपमा गरिएको मूल्य वृद्धि गरिएको भन्दै विद्यार्थी संगठनले कडा आपत्ति जनाएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago