भर्खरै

बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ एउटै निकायले निकालेर भारत पठाउँदै, आयल निगमको पैसा झिक्न छलफल

  • प्रकाशित मिति : बिही, कार्तिक ११, २०७८
  • -
title
काडमाडौं। मासिक साढे चार अर्ब नोक्सानी ब्योहोरेपछि नेपाल आयल निगमले बैंकिङ प्रणालीमा भएको १८ अर्ब रुपैयाँ निकाल्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि निगम मासिक रुपमा अहिलेसम्मकै बढी नोक्सानीमा छ।
 
निगमसँग मूल्य स्थिरीकरण कोषमा १२ अर्ब र रिर्जभमा ६ अर्ब रुपैयाँ छ। यो सबै वाणिज्य बैंकमा निक्षेपको रुपमा राखिएको छ। नोक्सानी साढे चार अर्ब भएपछि आपूर्ति सहज बनाउन बैंकमा भएको निक्षेप निकाल्न लागिएको हो। 
 
निगमका कार्यकारी  निर्देशक सुरेन्द्र पौडेलले बैंकर्स संघका अध्यक्ष भुवन दहालसँग पैसा निकाल्ने बारेमा प्रारम्भिक छलफल गरिसकेका छन्। विस्तृत छलफल भने हुन बाँकी छ।
 
निगमको विभिन्न बैंकहरुमा कम्तिमा ५० करोडका दरले १८ अर्ब रुपैयाँ छ। यसमध्ये ६ अर्ब चालु खातामा छ। बाँकी १२ अर्ब मुद्दती निक्षेपमा छ। चालु खाताको पैसा जुनसुकै बेला चलाउन पाइन्छ।
 
मुद्दतीको पैसा पनि तीन महिनाभित्र सबै परिपक्व हुँदैछ। परिपक्व हुँदै गएका निक्षेप झिक्दै पेट्रोलियम खरिद गर्ने निगमको तयारी छ। यो निक्षेप प्रणालीबाटै बाहिरिने छ। यो पैसा भारत जाने छ। यसपछि बैंकिङ प्रणालीमा तरलता अभाव थप चर्किने सम्भावना रहन्छ।
-बिजमाण्डू

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago