भर्खरै

एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जा मन्त्री भुसाल

  • प्रकाशित मिति : सोम, असोज २५, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
ललितपुर , असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गरेका छन् । उनले भने, ‘एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर आईसीले खरिद गरेको ग्यास विस्थापित गरौँ ।’
 
लोडसेडिङका समयमा सबैभन्दा कम विद्युत् खपत गर्ने संरचना निर्माण गरिएको उल्लेख गर्दै मन्त्री भुसालले अगाडि भने ‘बत्तीमात्र बाल्नका लागि बनाइएका संरचनामा सबैखाले उपकरण विद्युतबाट चलाउन नसक्ने अवस्था पनि हुन सक्छन् । अब विद्युतको चुल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔँ, आफ्नै देशको जलविद्युतको अधिकतम प्रयोग गरौँ ।’
 
सामाजिक एवम् आर्थिक रूपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धताबाट हुने बताउँदै उनले सबै खाले ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युतको प्रयोगतर्फ अगाडि बढ्नुपर्ने समय आएको बताए ।
 
आउँदा दिनमा यातायात र उद्योगीले मागेजति विद्युत् उपलब्ध गराइने विश्वास दिलाउँदै उहाँले सबै ठाउँमा ऊर्जाका रूपमा जलविद्युतको प्रयोग गर्न आग्रह गरे । स्वदेशी विद्युत् खपतलाई बढवा दिने उद्देश्यले आफूले मन्त्रालय सम्हालेपछि महसुल दरमा कमी गरेको उल्लेख गर्दै मन्त्री भुसालले भने, ‘खास गरेर घरायसी प्रयोजनमा त्यस्तो निर्णय भएको छ । अब एलपी ग्यासको भन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।’
 
ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजया दशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठ पर्वका  उपलक्ष्यमा आज आइतवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नेपाली नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय गरेको जानकारी गराए । आफ्नो निर्णयले ग्रामीण नागरिकका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनको थियो ।
 
कृषि क्षेत्र देशको आर्थिक आधार भएको उल्लेख गर्दै मन्त्री भुसालले खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने र त्यसका लागि आवश्यक पर्ने विद्युतमा सहुलियत दिने नीतिलाई आफूले बढवा दिएको स्पष्ट पारे । 
महालक्ष्मी नगर कपडा उद्योगले परिचित क्षेत्र भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा टेक्स्टाइल उद्योगका रूपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले त्यसका लागि आफूले नीतिगत तहबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए । चाडपर्वले कर्तव्यबोध गराउने उल्लेख गर्दै मन्त्री भुसालले परिवारिक सम्बन्धमात्र होइन घर, समाज र देशप्रति एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
 
त्यस अवसरमा स्थानीय जनप्रतिनिधि एवम् सामाजिक नेतृत्वले नजिकिँदै गरेको चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष  सञ्जय नारायण श्रेष्ठले नगरभित्रको अव्यवस्थित विद्युतीय पोलको व्यवस्थापन र विद्युतीय संरचना सुधारमा सहयोग गर्न आग्रह गरेको थियो ।
साभार : उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago