भर्खरै

विद्युतबाट खाना बनाउने चुलोको व्यवस्था गरिनेः मन्त्री भुसाल

  • प्रकाशित मिति : आइत, असोज २४, २०७८
  • - रासस
title

काठमाडौँ, २४ असोज । ऊर्जा, सिँञ्चाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालले विद्युतबाट चल्ने चुलोेको व्यवस्था गर्ने गरी तयारी सुरु गरिएको बताएका छन् ।
 
गोदावरी नगरपालिका–१२ ठेचोमा वेथेगल टोल विकास समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै उनले ग्यासको सट्टा विद्युतलाई उपयोग गरी खाना बनाउने व्यवस्था मिलाउन सरकारले काम गरिरहेको बताए ।
 
 विद्युत् महसुल घटाइ सडक बत्तीको व्यवस्था गरिने उनको भनाइ थियो । सांसद राजकाजी महर्जनले ढल, बाटोको विकासमा सांसद विकास कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्थानीय सरकार र अन्य स्रोतबाट समेत सहयोग जुटाएर विकास निर्माणका काम गरिने उनको भनाइ थियो ।
 
नगर प्रमुख गजेन्द्र महर्जनले वेथेगल टोल क्षेत्रमा सडक र ढल व्यवस्थापनका लागि रु आठ लाख बजेट छुट्याइएको जानकारी दिए । नगरपालिका क्षेत्रको समुचित विकास निर्माणमा लागिपरेको उनले बताए । 
  
वडाध्यक्ष जगतबहादुर महर्जन, समितिका अध्यक्ष निर्मला क्षत्रीलगायतले स्थानीयस्तरको विकास निर्माणमा तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 17 hours ago