भर्खरै

ʽSTAN-LEYʼ गुणस्तरीयताको एक पहिचान

  • प्रकाशित मिति : बुध, असोज ६, २०७८
  • - राज नेपाल अध्यक्ष, सुनगाभा ट्रेडिङ प्रा.लि. तथा (प्रोपाईटर) राज इलेक्ट्रिकल्स् हाउस
title

सुनगाभा ट्रेडिङ् प्रा.लि.का अध्यक्ष राज नेपाल विगत १२ वर्ष देखि विद्युतीय व्यवसायमा आवद्ध हुनुहुन्छ । गुणस्तरलाई विशेष मान्यता दिएर विद्युतीय व्यवसायमा लागेका नेपाल विगत ४ वर्ष देखि सामुहिक लगानीमा सुनगाभा ट्रेडिङ प्रा.लि.कम्पनी मार्फत गुणस्तरीय सामग्री आयात गर्दै आएका छन् ।
 छोटो समयमा नै आफ्नो प्रोड्क्टहरुलाई देशका मुख्य शहरहरुमा बजारीकरण गर्न सफल भएको कम्पनीले कोरोना पश्चात्को व्यवसाय, कम्पनीका प्रोड्क्टसँगै, प्रोड्क्टमा भएका गुणस्तरीयताका विषयमा कम्पनीका अध्यक्ष राज नेपालसँग विद्युत संसारका साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेका कुराकानी संक्षिप्तमा :
 
राज नेपाल
अध्यक्ष, सुनगाभा ट्रेडिङ प्रा.लि. तथा (प्रोपाईटर) राज इलेक्ट्रिकल्स् हाउस 

सुनगाभा ट्रेडिङ प्रा.लि.लाई विद्युतीय क्षेत्रमा कसरी परिभाषित गर्नुहुन्छ ?
सुनगाभा ट्रेडिङ प्रा.लि. २०७४ सालबाट सुरु भएको हो । कम्पनीमा म सहित नारायण रिसाल, जीवन पाठक, शंकर देवकोटा गरी चारजनाको सहभागिताले सञ्चालन गरेका हौ । हामी चारैजना विगत १०/१५ वर्ष देखि विद्युतीय क्षेत्रमा कार्यरत छौ । विशेषगरी यस कम्पनीले इलेक्ट्रिकल क्षेत्रको हाउस वायरीङ्गमा प्रयोग हुने सामग्रीहरु आयातको काम गर्दछौ । हामीले छिमेकी मुलुक चीन र भारतबाट गुणस्तरीय विद्युतीय सामग्रीहरु आयात गर्दै आएको छौ । हाम्रो सामग्रीका डिलरहरु पूर्वको विराटनगर देखि पश्चिमको धनगढी सम्म पुगेका छन् । 
 
कस्ता सामग्रीहरु उपलब्ध छन् ?
कम्पनीले ʽSTAN-LEYʼ लगायत ब्राण्डका गुणस्तरीय स्वीच, प्यानल लाइट, विभिन्न प्रकारका पंखाहरु, सवमिटर जस्ता विद्युतीय सामग्रीहरु बजारमा ल्याएका छौ । विद्युतीय सामग्रीमा विशेषगरी हामीले स्वीचका प्रोड्क्टहरुलाई प्राथमिकता दिएर आयात गर्ने गरेका छौ ।  कम्पनीले गोल्डेन कलरमा पछिल्लो पटक बजारमा ल्याएको स्मार्ट सेरिज स्वीचको माग धेरै रहेको छ ।
 
सुनगाभा कम्पनीले बजारमा ल्याएका स्वीचहरुको विषेशता के कस्ता छन् त ?
 कम्पनी स्थापना देखि हालसम्म हामीले स्वीचलाई नै प्राथमिकतामा राखेर काम गर्दै आएका छांै । स्थापनाकाल देखि ह्वाईट सेरिजका स्वीचहरु बजारमा ल्याएका थियौ । ग्राहकहरुको रोजाई चाहाना फरक हँुदै जाँदा बजारकै डिमाण्डलाई आधार मानेर हामीले केही महिना अगाडि मात्र स्मार्ट सेरिज स्वीच गोल्डेन कलरमा ल्याएका छौ । जुन गुणस्तरीय, आकर्षक सँगै यो स्वीचमा आगलागी नहुने एक महत्वपूर्ण विशेषता रहेको हुँदा ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आइरहेको छ । गुणस्तरीयताको हिसावले भन्ने हो भने ʽSTAN-LEYʼ का जुनै पनि सामग्री गुणस्तरीयताको एक पहिचान नै हो । 
 
 
कम्पनीले ल्याएका सामग्रीहरुका गुणस्तरको विषयमा पनि बताईदिनुस् न ?
गुणस्तरलाई तलमाथि हुन नदिन नै विद्युतीय सामग्रीहरुमा सीमित मात्रामा बजारमा ल्याएका छौ । हाम्रो सोच नै बजारमा सस्तो भन्दा पनि गुणस्तरीय सामग्रीमा ध्यान पुगोस् भन्ने हाम्रो चाहना छ । त्यसैले हामी गुणस्तरयुक्त सामग्रीलाई ध्यान दिने गर्दछौ । ग्राहकहरुलाई हाम्रा प्रोडक्टहरु केही महँगो लाग्न सक्छ तर गुणस्तरीयताको हिसावले हाम्रो सबै सामग्रीहरु महँगो होईन । गतवर्ष मात्र बजारमा ल्याएको गोल्डेन कलरको स्मार्ट सेरिज स्वीच पूर्ण रुपमा FRLS स्वीच जसमा आगो लाग्दैन । स्मार्ट सेरिज स्वीचलाई आजभोलि मिनिमोडुलर स्वीच पनि भन्ने गरिन्छ ।  किनकी स्मार्ट सेरिज स्वीचले मोडुलर स्वीचको प्यास मेटाउन मद्धत गर्दछ । 
स्मार्ट सेरिज स्वीचमा प्रयोग हुने पार्टस्हरु पनि पूर्ण गुणस्तरीय भएकाले हामीले स्मार्ट सेरिज स्वीच लगायत सकेटहरुमा कुनैपनि समस्या आएमा १० वर्षसम्म रिप्लेसमेन्ट ग्यारेन्टी समेत दिएका छौ । यसकारणले गुणस्तर विषयमा हामी एक कदम अगाडि छौ ।
 
विद्युतीय प्राविधिकहरुका लागि कम्पनीले कस्ता–कस्ता कार्यक्रमका योजनाहरु ल्याउनु भएको छ ?
विद्युतीय क्षेत्रलाई मर्यादित बनाउने जिम्मा विद्युतीय प्राविधिकहरुको हो । प्राविधिकहरुले नै सामग्रीहरुको गुणस्तरीयताको विषयमा विशेष ज्ञान हुन्छ । यसैले हामीले हाम्रो कम्पनीका सामग्रीहरुको गुणस्तरीयता र सामग्रीको विशेषताको विषयमा समय समयमा हाम्रा डिलरहरुको सहकार्यमा इलेक्ट्रिसियन भेला गरी विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएका छौ । जसले प्राविधिकहरुको क्षमता अभिवृद्धि गर्नमा सहयोग पुगेको छ ।
 
आयातित सामग्रीहरुलाई सरकारले कसरी सहजिकरण गर्दै आएको छ ?
नेपालमा विद्युतीय सामग्रीहरु पर्याप्त मात्रामा उत्पादन नहुने भएकाले हामी तेस्रो मुलुकको भर पर्नुपर्ने अवस्था छ । जसकारण सामग्रीहरु आयात गर्दा कागजी प्रक्रियाहरु झन्झटिलो छ । यसलाई सरकारको सम्बोधन भएमा व्यवसायी देखि उपभोक्ता सम्मलाई केही राहत मिल्ने थियो । 
 
अन्त्यमा यस पत्रिका मार्फत आम विद्युतीय व्यवसायी र उपभोक्ताहरुमा के भन्न चाहानु हुन्छ ?
म विद्युतीय व्यवसायी भएको हिसाबले आम व्यवसायी र उपभोक्ताहरुले सामग्रीहरुमा गुणस्तरीयतालाई ध्यान दिनुहोला भन्न चाहान्छु । व्यवसायीले राम्रो राम्रो फाइदा देखेर गुणस्तरहिन सामग्री नबेच्न र उपभोक्ताहरुले पनि सस्तो पायो भन्दैमा गुणस्तरहिन सामग्री नकिन्न आग्रह गर्दछु । विद्युत जस्तो संवेदनशिल वस्तु गुणस्तर नै हुन जरुरी छ जसले असामयिक हुने दुर्घटनाबाट जोगाउँदछ । यस्तो विषयमा हामी व्यवसायी र उपभोक्ता दुवै जिम्मेवार बन्नु पर्दछ ।

प्रतिक्रिया