भर्खरै

स्थानीयको समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री आचार्य

  • प्रकाशित मिति : आइत, असोज ३, २०७८
  • - शिखर श्रेष्ठ
title
गोेरखा, असोज । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आर्चायले गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकवासीमा भएको खानेपानी तथा विद्युत व्यवस्थापन सम्बन्धि समस्याहरु समाधान गर्ने प्रतिबद्धता गरेका छन् । 
 
शनिबार घ्याल्चोकको ज्ञानमार्ग मा.वि मा गाउँपालिका वडा नं ७ र ८ को संयुक्त आयोजनामा भएको बृहत खानेपानी , सिँचाई तथा विद्युत व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा प्रमुख अतिथि मन्त्री आर्चायले यस्तो बताएका हुन् ।  
 
कार्यक्रममा बोल्दै मन्त्री आर्चायले हामी जनताको प्रतिनिधि भएकोले हामीले जनताका हरेक समस्याहरुलाई सम्बोधन गरी समय अनुसारको विकास कार्य गर्दै लैजान सहयोग गर्नेछौं । उनले भने प्रविधि अनुसार विद्युतीय पोलको व्यवस्थापन, स्थायी खानेपानी आयोजना, बृहत सिँचाई तथा लिफ्ट सिँचाई आयोजना सञ्चालन, एसियाली विकास बैकको सहयोगमा शहरी खानेपानी आयोजना कार्यान्वयनमा ल्याउन सरकारसँग पहल गर्ने उनको भनाई छ ।  
 
यस्तै कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश ऊर्जामन्त्रालयका सचिव ई.रामकुमार श्रेष्ठले कार्यक्रमको सम्बोधन गर्दै गाउँपालिकामा रहेको हरेक समस्याहरु समाधान गर्न सरकारसँग पहल भईरहेको बताएका छन् ।
 
गाउँपालिकाका दुवै वडाका स्थानीयहरुले आफ्नो गाउँठाँउमा विद्युतको पोलको दुरी नमिलेर विद्युत प्रसारणमा भएको समस्या, सिँचाई सुविधा तथा दीर्घकालिन खानेपानी आयोजना नभएर निम्त्याएको समस्या, सडकको समस्या लगायतका समस्याहरु मन्त्री सामु राखेका थिए । 
 
कार्यक्रममा सबै राजनिति दलका कार्यकर्ता, स्थानीयवासी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका वडा नं ७ का अध्यक्ष तुलसी रेग्मीले गरेका थिए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago