भर्खरै

विद्युत् महसुल नबुझाउने ३० ग्राहकको लाइन काटियो

  • प्रकाशित मिति : बुध, भदौ ३०, २०७८
  • - प्रदिप श्रेष्ठ
title

गुल्मी, भदौ ।  नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युत महशुल नतिर्ने ३० जना ग्राहहको लाइन काटेको छ । 
वितरण केन्द्रले मिटर रिडिङ भएको ६० दिन अर्थात् २ महिना कटिसक्दा समेत विद्युत महशुल नतिर्ने ३० जना ग्राहकको लाइन काटेको हो । 
लाइन काटिनेमा रेसुङगा नगरपालिकाका– २९ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका आय प्रमुख विकास पन्थीले जानकारी दिए । 
 
लाइन काटिएका ग्राहकबाट कूल रु आठ लाख १६ हजार ७ सय २१.३१ बक्यौता उठ्नुपर्ने छ, उनले भने लाइन काटिसकेपछि २४ जना ग्राहकले बुझाउनुपर्ने रकम चार लाख १३ हजार एक सय ३५ रुपैयाँ बक्यौता रकम बुझाइ लाइन जोडी दिनका लागि कार्यालयमा निवेदन दिएको प्रमुख पन्थीले विद्युत संसारलाई बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 21 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 21 hours ago