भर्खरै

साहस ऊर्जाले ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्दै

  • प्रकाशित मिति : मंगल, भदौ २९, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौ । साहस ऊर्जा लिमिटेडले आगामी असोज ६ गतेदेखि ७० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत आयोजनाको रु. एक सय अंकित मूल्य
सर्वसाधारणका लागि छुट्याएको साधारण शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । 
 
कम्पनीका अनुसार निष्कासन हुने शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ६४ लाख ४० हजार कित्ताका  लागि  सर्वसाधारणले आवेदन दिन सकिने छ । 
 
कम्पनीले खुलाएको शेयरमा छिटोमा असोज १० गतेसम्म र ढिलोमा असोज २० गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्कासन गरेर बाँडफाँड गर्ने जिम्मेवारी एनआइबिएल एस क्यापिटलले पाएको छ । कम्पनीले इकरा नेपालबाट ‘बि बि प्लस’ रेटिङ पाएको छ । हालसम्म आयोजनाको काम ७४ प्रतिशत सम्पन्न भइसकेको कम्पनलिे जनाएको छ । 

प्रतिक्रिया