भर्खरै

गरिबको जीवनस्तर फेरिए मात्र समृद्ध नेपाल बन्छ :मन्त्री भुसाल

  • प्रकाशित मिति : सोम, भदौ २८, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीले हरेक दिन पिल्सीएका जनताहरुकोे जीवनस्तर फेर्न सकिएमात्र समृद्ध नेपाल बन्ने बताएकी छिन् । 
 आज नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, वाणिज्य बैंक लिमिटेडको चौंथो केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।
उनले भने हामी सबैको पहिलो लक्ष्य गरिबीमुक्त नेपाल निर्माण गर्नुपर्नेमा जोड दिदैं राज्यका सबै निकायले आफ्नो सामाजिक एवं नागरिकप्रतिको दायित्व इमान्दारीपूर्वक पूरा गर्नुपर्ने उनको भनाई छ । हामीले हरेक कुरालाई ‘व्यापारिक दृष्टिकोणबाट मात्र नहेरी गरिबी न्यूनीकरणमा योगदान गर्नुपर्ने बताए । 
जनआन्दोलनबाट ठूलो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा त्यति ठूलो परिवर्तन नआएका कारण राजनीतिकर्मी, कर्मचारी एवं उद्योगी तथा व्यापारीका बारेमा आलोचना हुने गरेको सुनाउँदै उनले जनताको त्याग र बलिदानबाट प्राप्त परिवर्तनको अनुभूति हुनुपर्ने बताइन । आफूमन्त्री भएपछि जनताकै पक्षमा निर्णय गरेको उल्लेख गर्दै बीस युनिटसम्म बिजुली बाल्ने जनतालाई निःशुल्क, बिजुलीको महसुल दर घटाएर जनताको पक्षमा रशेर काम गरिरहेका छौं । यो निर्णयबाट २८ लाख ५० हजार घरपविार लाभान्वित हुनेछन् ।’
 
त्यसैक्रममा उनले जोडे ‘अब ग्यास चुलोभन्दा विद्युतीय चुलो सस्तो हुन्छ, यो नेपाली उत्पादन हो, यही प्रयोग गरौँ ।’ मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने स्यालो ट्युबवेलमा लाग्ने विद्युत् महसुल निःशुल्क र डिप ट्युबवेलमा लाग्ने महसुलमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको जानकारी दिइन् ।
मन्त्री भुसालले ‘राष्ट्रिय वाणिज्य बैंक एक नम्बरमा हुनुपर्ने र गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नपर्ने उनले बताए ।’ राष्ट्रिय वाणिज्य बैंक मानक बैंकका रुपमा खडा हुनुपर्नेमा जोड दिँदै उनले यस बैंकको पक्षमा राज्य रहेको छ भनिन् ।
 
लामो प्रयासपछि सङ्घीय सांसदको खाता वाणिज्य बैंकमा सञ्चालन भएर तलब र भत्ता बुझ्ने अवस्था सिर्जना भएको स्मरण गर्दै मन्त्री भुसालले कर्मचारी, व्यवस्थापन र सरकारको एकीकृत प्रयासबाट वाणिज्य बैंकले जनताको सेवा गर्नुपर्ने बताइन् । 
सो अवसरमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वाणिज्य बैंकको पूँजी संरचना बढाउनका लागि सरकारले पहल गर्नुपर्ने बताइन् । उनले ठूला निजी बैंकसँग प्रतिस्पर्धा गर्नका लागि पनि पूँजी वृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरिन् । उनका अनुसार हाल वाणिज्य बैंकले ७७ जिल्लाका २४७ शाखाबाट ३८ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago