भर्खरै

गुणस्तरमा शंका छैन्, स्वदेशी उत्पादनलाई जोड दिऔं

  • प्रकाशित मिति : बिही, भदौ १७, २०७८
  • - Admin
title

थाइल्याण्ड ईकरात कम्पनीको प्रविधि र डिजाइन अनुसार सन् १९९२ देखि नै नेपालमा नेपाल ईकरात प्रा.लि ले नीक ट्रान्सफर्मर उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । ट्रान्सफर्मर उत्पादनमा नेपालको नै सबै भन्दा ठूलो कम्पनीका रुपमा रहेको यस कम्पनीले गुणस्तरयुक्त ट्रान्सर्फमर उत्पादन गर्दै आएको छ । २८ वर्ष देखि गुणस्तरयुक्त ट्रान्सर्फमर उत्पादन गर्दै नेपाली बजारको धेरै बजार पाउँदै कम्पनीले लामो समय देखि भुटान र बङ्गलादेशको केही स्थानमा समेत निर्यात गर्दै आइरहेको छ । 
आम उपभोक्ताको मन जित्न सफल भएको नीक ट्रान्सर्फमरको कोरोना महामारी पश्चात् उत्पादनको अवस्था, ट्रान्सफर्मर आयातको अवस्था, स्वदेशी उत्पादनमा सरकारले पु¥याएको योगदानको सन्र्दभमा नेपाल ईकरात इन्जिनियरिङ कम्पनी प्रा.लि का प्राविधिक म्यानेजर अभिषेक श्रेष्ठ सँग विद्युत संसारका संवाददाता प्रदिप श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः 
 
नीक ट्रान्सफर्मरको बारेमा बताईदिनु होस् न ?
 नेपाल ईकरात इन्जिनियरीङ प्रा.लि (नीक) नेपालको सबैभन्दा ठूलो ट्रान्सफर्मर उत्पादक कम्पनी हो । यो ईकरात इन्जिनियरीङ कम्पनीसँग जोयन्ड भेन्चर कम्पनी हो । सन् १९९२ देखि यस कम्पनीले नेपाली बजारमा नीक ट्रान्सफर्मरको उत्पादन तथा बिक्रि वितरण गर्दै आएकोमा हाल २८ औँ वर्षमा छौं ।
नीक ट्रान्सफर्मर थाइल्याण्ड ईकरात कम्पनीको प्रविधि अनुसार नै कम्पनीले अहिले सम्म ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । नीक ट्रान्सफर्मरले नेपाली बजारमा ठूलो क्षेत्र ओगटेको छ । यसको मूख्य कारण ट्रान्सफर्मरमा भएको गुणस्तर हो । 
नीक ट्रान्सफर्मरले सन् २००० मा आइ.एस.ओ सर्टिफाई प्राप्त गरेको हो । त्यस्तै ट्रान्सर्फमर उत्पादन तर्फ नेपाल गुणस्तर चिन्ह् प्राप्त गर्ने नेपालको पहिलो कम्पनी हो । आइ.एस.ओ ९००१ ः२०१५ लेटेस्ट भर्सन प्राप्त कम्पनी पनि हो । 
 
नेपालमै उत्पादन गर्नुपर्छ भन्ने सोच कसरी उत्पन्न भयो ?
नेपालमा ट्रान्समिसन लाईनहरुको पहुँच बढ्दै जाँदा तीन दशक अगाडि केही प्रोजेक्टहरुमा ईकरातको ट्रान्सफर्मर आयात गरेर राखेपछि हाम्रो कम्पनीले नेपालमा नै ट्रान्सर्फमरको सम्भावना भएकै कारण ट्रान्सफर्मर उत्पादनमा लागेका हौं । 
हाम्रो कम्पनी हाल पनि विदेशी लगानी भएको कम्पनी हो तर सम्पूर्ण व्यवस्थापन भने नेपाली रहेको छ । नेपालमा सम्भावना देखेर नै थाइल्याण्डको प्रविधि अनुसार नेपालमै कम्पनी खोलेको हो जसले रोजगारी समेतमा टेवा पुगेको छ ।  
 
कोरोना महामारीका कारण ट्रान्सर्फमर उत्पादनमा कम्पनीलाई कस्तो असर पु¥याएको छ ?
कोरोना महामारीका कारण धेरै क्षेत्रलाई असर पु¥याएको अवस्था छ । हाम्रो कम्पनीको व्यापारकै हिसाव गर्ने हो भने पनि ३५ देखि ४० प्रतिशत सम्म व्यापारमा कमि आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष केही व्यापार बढेको छ तर कोरोना अघिको जस्तो अवस्थामा पुग्न भने धेरै समय लाग्दछ । 
हाम्रो ट्रान्सर्फमर भुटान र बङ्गलादेशमा निर्यात गर्दै आएकामा निर्यात गर्न समेत समस्या भइरहेको अवस्था छ । 
 
ट्रान्सर्फमरमा नेपाल आत्मनिर्भर भएको अवस्था छ तर नेपालमा विदेशी ट्रान्सर्फमर पनि किन आयात भइरहेका छन ?
नेपालमा बढी बिक्रि हुने नीक कम्पनीको ट्रान्सफर्मर हँुदाहुँदै पनि विदेशी ट्रान्सर्फमर नेपालमा आयात भइरहेको छ । 
नेपालमा सबै भन्दा बढी ट्रान्सफर्मर खरिद गर्ने नेपाल विद्युत प्राधिकरण हो नेपालको सार्वजनिक खरिद ऐन कै कारण नेपाली उत्पादित पछि परेको हो । जुन सस्तो छ त्यहि खरिद गर्नुपर्ने हुँदा प्राधिकरणले गुणस्तरलाई वेवस्था गर्दै चिनियाँ ट्रान्सफर्मर बढी आयात गर्ने गरेका छन् । गतवर्ष देखि केही खरिद ऐनमा सुधार भएका छन् जसले केही मात्रामा भएपनि स्वदेशी उत्पादनलाई सघाउन पुग्ने छ भन्ने आशा छ ।
 
नीक ट्रान्सफर्मरको गुणस्तरको विषयमा पनि बताईदिनुहोस् न ? 
नीक ट्रान्सफर्मर थाइल्याण्ड ईकरात कम्पनीको प्रविधि अनुसार विगत २८ वर्ष देखि गुणस्तरीय ट्रान्सफर्मर उत्पादन तथा बिक्रि वितरण गर्दै आएको कम्पनी हो । हामीले ट्रान्सफर्मरमा दुई वर्षको ग्यारेन्टी तथा पाँच वर्षको वारेन्टी समेत दिएका छौ । नेपालमा ट्रान्सफर्मरमा एक वर्ष देखि दुई वर्ष सम्म ग्यारेन्टी तथा पाँच वर्षको वारेन्टी प्रदान गर्ने पहिलो कम्पनी पनि हाम्रो कम्पनी हो । त्यस्तै हामीले ट्रान्सफर्मर बिक्रि पछि सर्भिसका साथसाथै विदेशी पावर ट्रान्सफर्मरमा समेत सेवा दिदैं आइरहेका छौ ।
गुणस्तरका कारण नै हाम्रो प्रोडक्ट भुटान र बङगलादेशमा लामो समय देखि ट्रान्सफर्मर निर्यात भइरहेका छन् । नेपालमा उत्पादन हुने ट्रान्सर्फमरहरु मध्ये गुणस्तरको हिसावले नेपाल विद्युत प्राधिकरणबाट क्वालिफाईड भएका एक मात्र कम्पनी नीक हो । 
 
नेपाली प्रोड्क्टहरुलाई एउटा उचाईमा लानको लागि सरकारको भुमिका कस्तो हुनुपर्दछ ?
नेपालमा ट्रान्सफर्मर उत्पादक कम्पनीहरु तथा ट्रान्सफर्मरसँग सम्बन्धित कम्पनीहरु धेरै नै रहेका छन् । सरकारले नेपालमा नै उत्पादित वस्तुहरुलाई प्राथमिकता दिनुपर्ने हुन्छ भने पनि ट्रान्सफर्मरको सन्र्दभमा त्यो लागु भएको देखिदैन । सरकारले हामीलाई सहयोग गर्नुभन्दा पनि गुणस्तरहिन ट्रान्सर्फमर तथा अन्य सामानहरु आयातित हुने मुख्य नाका भन्सार बिन्दुमा नै परिक्षण गरेर कम गुणस्तरका सामग्रीहरुको आयातमा प्रतिबन्ध लगाउन आवश्यक छ ।
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
 ट्रान्सफर्मर तथा अन्य जुनसुकै सामग्री खरिद गर्दा सबैभन्दा पहिले गुणस्तरलाई मध्यनजर गर्नु आवश्यक छ । गुणस्तरयुक्त, दीर्घकाल सम्म टिकाउ हुने खालका ट्रान्सफर्मरहरु तथा अन्य सामग्रीहरु मात्र खरिद गर्न आम उपभोक्तालाई आग्रह गर्दछु । 
 
 
 
 
 
 

प्रतिक्रिया