भर्खरै

वाग्मती प्रदेशको विद्युत् चुहावट कम हुँदै

  • प्रकाशित मिति : मंगल, भदौ १५, २०७८
  • - Admin
title

काठमाडौं, भदौ । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ ।
 
सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आव २०७७÷०७८ मा ७.७२ प्रतिशतमा झरेको छ । उक्त कार्यालयको ६.३७ प्रतिशतमा चुहावट कम गर्ने लक्ष्य रहे पनि पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण प्रदेश डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मकवानपुर, चितवन र सिन्धुली गरी तीन जिल्लाका छ विद्युत् वितरण केन्द्र रहेका छन् । हेटौँडाअन्तर्गत हेटौँडा वितरण केन्द्र, पालुङ वितरण केन्द्र र टाँडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र चनौली र सिन्धुली वितरण केन्द्र रहेका छन् ।
 
चितवनको टाडी विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट १२.७७ प्रतिशतमा झरेको छ । आव ०७६÷०७७ मा १६.५३ प्रतिशत रहेकामा गत आवमा चुहावट नियन्त्रणमा आएको बताइएको छ । टाडीको चुहावट १२.५० प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । यसैगरी चितवनको भरतपुर वितरण केन्द्रमा पनि विद्युत् चुहावट दर घटेको छ । गत आव ५.४८ प्रतिशतमा विद्युत् चुहावट झरेको छ ।
 
त्यसैगरी सिन्धुलीको चनौली विद्युत् वितरण केन्द्रमा पनि विद्युत् चुहावट कम भएको बताइएको छ । अघिल्लो आव २०७६÷०७७ मा १६.३६ प्रतिशत चुहावट रहेकामा गत वर्ष १४.५१ प्रतिशतमा पुगेको छ । त्यहांँको विद्युत् चुहावट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । त्यसैगरी सिन्धुली विद्युत् वितरण केन्द्रको विद्युत् चुहावट बढेको तथ्याङ्क पाइएको छ । अघिल्लो आव २०७७÷०७८ मा चुहावट बढेर १६.५२ प्रतिशतमा पुगेको छ । सिन्धुली वितरण केन्द्रले गत वर्ष छ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिएकामा १६.५२ प्रतिशत पुगेको छ । 
 
यसैगरी मकवानपुरको हेटाँैडा वितरण केन्द्रमा चुहावट केही बढेको पाइएको छ । गत वर्ष विद्युत् चुहावट ५.११ प्रतिशतमा पुगेको बताइएको छ । त्यस्तै मकवानपुरको उत्तरी क्षेत्रमा रहेका पालुङ वितरण केन्द्रको आव २०७७÷०७८ मा विद्युत् चुहावट केही बढेको जनाइएको छ । पालुङ वितरण केन्द्रले विद्युत् चुहावटलाई गत वर्षमा ७.५ प्रतिशतमा झार्ने लक्ष्य लिए पनि आव २०७६÷०७७ मा ८.३५ प्रतिशत चुहावट रहेको तर गत आवमा विद्युत् चुहावट २६.५५ प्रतिशत पुगेको बताइएको छ । 
साभार : बिजपाटी डटकम

प्रतिक्रिया